अध्ययनले पत्ता लगायो जेब्राको जीउमा काला र सेता धर्का हुनुको रहस्य

अध्ययनले पत्ता लगायो जेब्राको जीउमा काला र सेता धर्का हुनुको रहस्य

जेब्राको जीउमा काला र सेता पट्टी वा धर्का हुन्छन् । प्रकृतिले हरेकलाई विभिन्न प्रकारको शरीर, आकार र रंग दिएको छ । तर, जेब्राको शरीरमा कालो र सेतो धर्काले धेरैको मनमा विभिन्न प्रश्नहरू उब्ज्याएको छ ।

यस विषयमा ब्रिटेनको ब्रिस्टोल विश्वविद्यालय र अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरूले गहिरो अध्ययन गरेपछि जेब्राको जिउमा हुने कालो र सेतो धर्का हुने कारण पत्ता लगाएका छन् ।

a

झिँगाबाट बचाउनका लागि प्रकृतिले जेब्रालाई जीउमा धर्का दिएको उनीहरूको अध्ययनले निष्कर्ष निकालेको छ । वैज्ञानिकको टोलीले केही घोडाहरूमा अध्ययन गरेका थिए ।

केही घोडालाई जेब्राको जीउमा हुनेजस्तो कालो र सेतो धर्का भएको कपडा ओढाइएको थियो भने बाँकीलाई केही पनि गरिएको थिएन ।

अनुसन्धाताहरूले धर्के कपडा ओढाइएको घोडाको जीउमा झिँगा नबसेको पाएका थियो ।

तर, घोडाको टाउको अर्थात् कपडा नभएको ठाउँमा भने झिंगा बसिरहेको थियो ।

जेब्राको जीउमा हुने कालो र सेतो धर्काहरूले रोग फैलाउने रगत चुस्ने कीरालाई टाढा राख्ने गरेको अध्ययनले निष्कर्ष निकालेको हो ।

जेब्राको जिउमा हुने कालो र सेतो धर्काहरूको कारण झिँगाको आँखा तिरमिराउने हुँदा झिँगाहरूको देख्ने क्षमतामा असर पुग्ने गरेको अनुसन्धानले देखाएको छ ।

क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक टिम कारोले उक्त अध्ययनमा झिँगाहरू जेब्रानजिक पुगेपछि यत्तिकै टाढिएको हुँदा जेब्राको शरीरमा हुने सेतो र कालो धर्काहरूले झिँगालाई बाधा पुर्याउने बताएका छन् ।

यो पनि पढ्नुहोस

 विवाह बन्धनमा बाँधिएको तीन मिनेटभित्रै एक जोडीले ‘डिभोर्स’ गरेका छन् ।

रिपोर्टसका अनुसार बेहुलाले बोलेको एक शब्दका कारण बेहुलीले विवाहलगत्तै आफ्नो सम्बन्ध तोडेको बताइएको छ ।

कुवेतमा बस्ने यो जोडी विवाह गरेर श्रीमान्–श्रीमतीको रुपमा कोर्टहाउस बाहिरसमेत पुग्न सकेनन् ।

यो विवाह कुवेतमा अहिलेसम्मको इतिहासमा सबैभन्दा छोटो विवाह बताइएको छ ।

विवाहको कानूनी प्रक्रिया समाप्त भएपछि यो जोडीले कोर्टहाउसबाहिर निस्कनै लाग्दा बेहुलीले आफ्नो विवाह अन्त्य गरेकी हुन् ।

कोर्टबाट बाहिर निस्किरहेको बेला–बेहुली हिँड्दाहिँड्दै लडेकी थिइन् ।

लडेपछि बेहुलाले उनलाई ‘स्टुपिड’ अर्थात् मूर्ख भनेका थिए ।

‘क्यू एट न्यूज’को दाबीअनुसार बेहुलाले आफूलाई मूर्ख भनेपछि बेहुली एकदम रिसाइन् र उनको रिसको सीमा नरहेपछि उनले जजसँग तत्काल सम्बन्धविच्छेद गराइदिने माग राखिन् ।

जजले पनि उनको मागलाई सम्बोधन गरे ।

ती जोडीको विवाह दर्ता गराएको जजले नै तीन मिनेटपछि उनीहरूको सम्बन्धविच्छेद पनि गराएका हुन् ।

उक्त समाचार भाइरल भएपछि अधिकांश मानिसहरूले बेहुलीको पक्ष लिएर उनले सही निर्णय लिएको बताएका छन् ।

ट्वीटरमा आदर विनाको विवाहलाई सुरुदेखि नै असफल मानिन्छ भनेर एक व्यक्तिले कमेन्ट गरेका थिए ।

अर्कोले सुरुमै व्यवहार राम्रो छैन भने छोड्नु नै राम्रो हो भनेर थपेका छन् ।