२० वर्षदेखि हराएको नोकिया फोनमा ७० प्रतिशत चार्ज बाँकी

२० वर्षदेखि हराएको नोकिया फोनमा ७० प्रतिशत चार्ज बाँकी

सायद हामिहरु मध्य नोकिया फोन प्रयोग नगरेका हरु कमै छौ होला । कतिले त अझै पनि नोकिया फोन नै प्रयोग गर्दै हुनुहुन्छ होला । नोकियाले आफ्नो उत्पादन पुन: सुरु गरेपछी किनेर चलाउने हरु पनि हुनुहुन्छ होला ।

सन् २००० मा सार्वजनिक भएको नोकिया ३३१० कुनै समय विश्वभर निकै चर्चित थियो ।

धेरै दिनसम्म चार्ज नगरी चलाउन सकिने तथा जोडले खसे पनि फोन नफुट्ने हुँदा यो मोडलको मोबाइल प्रयोगकर्तामाझ निकै विश्वासिलो बन्न पुगेको थियो ।

केही समयअगाडि एक व्यक्तिले आफूले हराइरहेको नोकियाको ३३१० मोडल भेट्टाएका हुन् ।

बेलायतको इलेस्मेर पोर्ट सहरमा निर्माण कम्पनीमा काम गर्ने केभिन मूडीले आफ्नो दराजको एक कुनामा फोन भेट्टाएका थिए ।

आफ्नो घरको साँचो खोजिरहेका ती व्यक्तिले दराजको कुनामा फोन भेट्टाएका हुन् ।

फोन अझै पनि चलिरहेको अर्थात् स्वीच अन नै रहेको थियो । केभिनले फोन २० वर्षपछि भेटेका हुन् ।

फोनमा अझै ७० प्रतिशत ब्याट्री चार्ज बाँकी नै थियो । उनले आफ्नो मोबाइलको बारेमा भुलिसकेका थिए ।

तर, अचानक २० वर्षपछि भेटेको मोबाइलमा ७० प्रतिशत चार्ज देख्दा उनी अचम्म भए ।

केभिनले बताएअनुसार उनले आफ्नो फोन कहिले पनि चार्ज नगरेको र आफूले कहिले पनि नोकियाको चार्जर किनेका नै छैनन् ।

वैज्ञानिकहरूका अनुसार नोकिया फोनले नवीकरणीय ऊर्जा पैदा गर्ने सक्दा यस्तो भएको बताएका छन् ।

नोकिया ३३१० ब्याट्री स्थायी गति जस्तै हो । यो अवस्थित हुनु हुँदैन, तर यो छ ।

एउटा नोकिया ३३१०ले एक सहरलाई नै ऊर्जा दिन सक्ने चेसायर कलेजका डाक्टर इभोर बिग्नोबले बताए ।

षडयन्त्र सिद्धान्तहरूका अनुसार जीवाश्म ईन्धनको धम्की र अन्डरहैंड रणनीतिहरूको कारण नोकिया ३३१० को उत्पादनमा रोक लगाइएको हो ।

किन भने यसमा भएको ब्याट्रीले कहिल्यै पनि नसकिने हुँदा जीवाश्म ईन्धन उद्योगलाई घाटा पर्न सक्छ ।

केभिनको फोन अहिलेसम्म पनि चलिरहेको छ । उनले उक्त फोनले मेसेज गर्ने तथा हतौँडाका रूपमा पनि प्रयोग गरिरहेका छन् । एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस

नोकिया नेपाल लगायत विकासशील मुलुकहरुमा धेरै प्रयोग हुने मोबाइल सेट हो। यसको नेटवर्क टिप्ने क्षमता र गुणस्तरमा धेरैलाई विश्वास भएकाले विकासशील मुलुकका मानिसहरु यसमा बढि आकषिर्त छन्। पहिलो जीएसएम मोबाइल सेट उत्पादन गरेको कम्पनी भएका कारण पनि जीएसएम मोबाइल लिनेहरुको पहिलो रोजाइमा यो परेको हुनसक्छ। नोकियाले उत्पादन र उपभोक्तालाई सुरक्षित राख्नको लागि मोबाइल चोरी र डाटा चोरीबाट बच्ने विभिन्न उपाय र प्रविधिको विकास गरेको छ।

नोकिया ब्राण्डमा अहिले पनि धेरैजसो ‘सिंबियन प्लेटफर्म’ सबैभन्दा बढी लोकप्रिय अपरेटिङ सिष्टमको रुपमा उपयोग हुने गरेको छ। यो सिष्टममा ब्ल्याकबेरी, आइफोन तथा एण्ड्रोइड जस्ता सुविधा उपलब्ध छैनन। तर, यसमा पनि प्रयोगकर्ताहरुका लागि केही सुविधाहरु भने उपलब्ध छन्। यसमा प्रयोगकर्ताले मोबाइल तथा डाटा चोरी हुनबाट रोक्न एण्टी थेफ्ट प्रोग्राम सजिलै चलाउन सक्छन । जसबाट यो अपरेटिङ सिष्टम भएका नोकिया मोबाइल प्रयोगकर्ताले डाटा सुरक्षाका लागि धेरै चिन्तित भइहाल्नु पर्दैन