नर्सले कागजमा के लेखिन् यस्तो ? बिरामी नै भए बेहोस

नर्सले कागजमा के लेखिन् यस्तो ? बिरामी नै भए बेहोस

दुनियाँका मानिसका बोल्ने भाषा अनेक र समस्या पनि अनेक थरि । भाषाको कारण जीवनमा तपाइँले पनि कहिलेकाहीँ समस्या भोग्नुभएको छ होला ।

तपाइँसँग बोल्ने मानिस तपाइँले नबुझ्ने भाषा बोल्दछ तर तपाइँले उसले बोलेको कुरा बुझ्नै पर्दछ भने तपाइँको हालत के होला ?

चीनमा अंग्रेजी भाषा बोल्न नजान्ने एकजना नर्सले अस्पतालमा एक विदेशी विरामीका लागि यस्तो मेसेज लेखेर छाड्नि कि त्यो देख्दा विरामी झण्डै बेहोस् हुनपुग्यो ।

समाचार अनुसार चीनमा अध्ययनरत एकजना विदेशी विद्यार्थी विरामी परेपछि एउटा अस्पतालमा भर्ना हुन्छन् ।

अस्पतालमा उक्त विरामीको उपचार ड्युटीमा एकजना यस्ती नर्स खटिइन् जसलाई अंग्रेजी भाषा बोल्न आउँदैनथ्यो ।

तर विरामीलाई उसको रोग, औषधि तथा आगामी उपचार लागयतका विषयमा जानकारी दिनैपर्दथ्यो । त्यस्तो जानकारी दिनका लागि ती नर्सले यस्तो उपाय अपनाइन् जुन निकै अनौठो छ ।

उनले आफ्नो कलाको प्रयोग गरी उक्त विरामीलाई चित्रको माध्यमद्वारा एक सन्देश लेखिन् । उक्त चित्रात्मक सन्देशलाई उनले सोसल मिडियामा पनि शेयर गरिन् । उनको त्यो पोष्ट इन्टरनेटमा निकै भाइरल बनेको छ ।

नर्सको त्यो सन्देश हेर्दा उनले भन्न खोजेको कुरा प्रष्ट बुझिन्छ । भोलि बिहान ८ बजे विरामीको शल्यक्रिया गर्नुपर्नेछ । त्यसकारण आजको रात १० बजेपछि खाना नखानु र पानी नपिउनु भन्ने सन्देश त्यसमा रहेको छ ।

उनले त्यो सन्देशको चित्रात्मक प्रस्तूतीकरण यति रोचक ढंगले गरेकी छिन् कि मानिसहरु सोसल मिडियामा प्रतिक्रिया नदिइरहन सकेनन् ।

कतिपयले चाहीँ त्यसमा केही रोचक टिप्पणी पनि गरेका छन् । एजेन्सी

यो पनि पढ्नुहोस

सन् २०१२ मा दक्षिण भारतीय चलचित्र ‘मक्खी’ प्रदर्शनमा आएको थियो । चलचित्रको मुख्य भूमिकामा एउटा यस्तो झिंगाको बारेमा देखाइएको थियो जो साधारण झिंगाभन्दा फरक थियो । हामी यस्तै एक असाधारण झिंगाको बारेमा हामी तपाईंलाई जानकारी गराउँदैछौँ । 

दुनियाको सबैभन्दा ठूलो झिंगाको खोजी गरिएको छ । यसको आकार मानिसको औँला जति नै ठूलो छ । दशौँ वर्ष अघि यो प्रजातिका झिंगा हराएको थियो । अहिले यसलाई इण्डोनेसियाको आइल्याण्डमा भेटिएको छ । 

लामो समयको खोजपछि जंगल विभागले यो प्रजातिको झिंगा भेटेको बताएको छ । यसको नाम ‘वैलेस जाइन्ट बी’ हो । यसको नाम प्रकृतिवादी खोजकर्ता रसेल वैलेसको नामबाट राखिएको छ । 

सन् १९८१ मा केही वैज्ञानिकले यस प्रजातिको झिंगाका बारेमा बताएका थिए । यसपछि यस प्रजातिको झिंगा कतै देखिएको थिएन ।  

यो वर्ष जनावरीमा इण्डोनेसियाको जंगलमा विज्ञहरुको टोलीले यो झिंगाको खोजी गरेको थियो । 

यसको पहिलो तस्बिर खिच्ने क्ले बोल्टले भने ‘यो बिल्कुल हैरान गर्ने किसिमको थियो । हामीलाई लागेको थियो यो प्रजातिको झिंगा लोप भैसकेको थियो ।

जब यो झिंगा उड्थ्यो, यसको पखेटाको आवाज स्पस्ट सुनिन्थ्यो ।’

यो झिंगा इण्डोनेसियाका उत्तरी माल्याकुश आइल्याण्डमा भेटिएको हो ।

यो प्रजातिको झिंगा विश्वबाटै लोप हुने अवस्थामा छ । 

पर्यावरण समूह ग्लोबल वाइल्ड लाइफ कञ्जर्भेसनले लोप हुन लागेका प्रजातिको खोजी गर्नका लागि एक अभियान चलाइरहेका छन् । यो पनि यही अभियानको एउटा हिस्सा हो । 

–बीबीसी हिन्दीबाट