कोरोना संक्रमितको संख्या बढ्दै गएपछि तीन दिनसम्मका लागि कर्फ्यु

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि तीन दिनसम्मका लागि कर्फ्यु

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बाँकेको नेपालगन्जमा मंगलबार बिहान ११ बजेदेखि तीन दिनसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायका अधिकारीसहित बसेको सर्वदलीय बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

नेपालगन्जमा कोरोनाभाइरस संक्रमित भेटिएपछि स्थानीय प्रशासन, स्थानीय तह, राजनीतिक दल, सुरक्षाकर्मीहरुको बैठक बसेको हो ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक काम, बैंकिङ कारोबार, खाद्यान्नका पसलहरुसमेत खोल्न पाइने छैन ।

धार्मिक सद्भाव खल्बलिने खालको कुनैपनि कुरा सामाजिक सञ्जालमा पोस्ट गरेको खन्डमा कडा कारबाही गरिने पनि बैठकले निर्णय गरेको छ ।

मंगलबार बिहान ११ बजेभित्र आफूलाई चाहिने सामान खरिद गरी घरमै सुरक्षित बस्न सम्पूर्ण नागरिकहरुलाई बैठकले आग्रह गरेको छ ।