सपनाबारे केही रोचक तथ्यहरु

सपनाबारे केही रोचक तथ्यहरु

एक रहस्यमय विषय मानिने सपना हामी सबैले देखिरहेका हुन्छौँ। धार्मिकरुपमा पनि सपनाको आफ्नो महत्व रहेको बताइन्छ। मानिसहरु सपनाले भएका वा हुनसक्ने घटनाबारे जानकारी गराउँदछ भन्ने विश्वास गर्दछन्। त्यतिमात्र हैन सपनामा के दखियो अनि त्यसले गर्दा के हुन्छ भन्नेबारे पनि चर्चा हुन्छ। विभिन्न मनोवैज्ञानिकहरु सपनाबारे अहिले पनि खोज तथा अनुसन्धान गरिरहेका छन्। कसैलै सपनालाई मानिसको कल्पना भनेका छन् त कसैले यसलाई ऐनाको रुपमा व्याख्या गरेका छन्।

खैर जे होस् यहाँ चर्चा गर्यौँ सपनाबारे केहि रोचक तथ्यहरुः

१. सपना धेरै समयसम्म यादमा रहँदैन विज्ञहरूका अनुसार हामीले देखेका सपना सबै सझ्नि सक्दैनौँ। सपनाको करीब ९० प्रतिशत जति हिस्सा हामी ब्यूझिँदा बिर्सिने गर्छौं। यो मानिसअनुसार कसैले धेरै सम्झिन सक्छन् भने कसैले कम मात्रामा सम्झिन्छन्। तीमध्ये कतिपय सपना त पूर्ण रुपमा बिर्सिन्छौँ।

२. आँखा नदेख्ने मानिसले पनि सपना देख्छ जन्मदेखि आँखा नदेख्ने मानिसहरूले पनि सपना देख्छन्। यो अचम्मको कुरा हो। तर उनीहरुको सपना सामान्य मानिसको भन्दा फरक हुने बताइन्छ।

३. सपनामा देखिने अनुहार परिचित हुन्छन् हामीलाई सपनामा देखिएका व्यक्ति नचिनेको वा नदेखेको जस्तो लाग्छ तर मनोविज्ञानका अनुसार हामीले पहिलेदेखि नै जानिसकेका‚ देखिसकेका हुन्छौँ। दिमागमा याद नहुनु फरक कुरा हो। हामीले सपनामा देखेका मुहारहरु त्यसभन्दा अगाडि नै हामीले हाम्रो जीवनमा देखिसकेका हुन्छौं।

४. रङ्गहीन सपना हामीले देख्ने सपनाहरु प्रायः सादा हुन्छन् अर्थात् रङ्गहीन। कतिपय मानिसहरूले आफूले देखेको सपना रङ्गिन थियो कि सादा थियो भन्ने छुट्याउन सक्दैनन्। मनोवैज्ञानिकका अनुसार उमेर बढ्दै गएपछि सपनाहरु बढी नै सादा हुँदै जान्छन्।

५. वास्तविक जीवनका घटनालाई संकेत गर्छ कतिपय सपनाहरु सांकेतिक हुन्छन्। अर्थात् वास्तविक जीवनका घटनाहरुबारे जानकारी गराउने वा स्मरण गराउने खालका हुनछन्। सपनामा देखिएका कतिपय घटनाहरू वास्तविक जीवनसँग पनि मेल खाइरहेका हुन्छन्।

६. आँखाको चालमा परिवर्तन हामीले सपना देख्दा आँखाको चालमा परिवर्तन आउँछ। सपना देख्दा आँखा छिटो–छिटो झिम्किन्छ। सामान्य अवस्थामा भन्दा यसको गति तीव्र हुन्छ। यस्तो बेलामा हाम्रो बढी नै दिमाग सक्रिय हुने गरेको पाइन्छ।

७. एकै रात ४–५ वटा सपना मनौवैज्ञानिकका अनुसार मानिसले एकै रातमा फरफरक संख्यामा सपना देख्छन्। सामान्यतः स्वस्थ मानिसले हरेक रात ४ देखि ७ वटासम्म सपना देख्ने गर्छ।

८. मानिसले मात्र हैन जनावरले पनि देख्छन् सपना हामीलाई लागिरहेको हुन्छ, सपना मानिसले मात्र देख्छन्। तर अनुसन्धानकर्ताहरु जनावरले पनि सपना देख्ने अनुमान लगाउन सकिने बताउँछन्। जनावरहरु निदाएको बेला हामीले पनि असामान्य चाल ख्याल गर्न सक्छौं, त्यो सपनाको प्रभाव हुन सक्छ। बिराल अथवा कुकुरले निदाइरहेका बेला पनि विभिन्न हाउभाउ देखाइरहेका हुन्छन्। यकिन नभएपनि निदाएको बेला उनीहरूको दिमागमा केही न केही चलरहेकै हुने बताइएको छ। कसैले खुट्टा चलाउँछन्‚ कतिपय रुन्छन्‚ केही छट्पाटाउँछन्। यो उनीहरुले सपनामा देखेको क्रियाको प्रतिक्रिया हुन सक्छ।