अज्ञात समुहले सडकमा पैसा फालेर भागे , कोरोना संक्रमण फैलाउन यस्तो गरेको हुनसक्ने स्थानियले आशंका गरेका छ

अज्ञात समुहले सडकमा पैसा फालेर भागे , कोरोना संक्रमण फैलाउन यस्तो गरेको हुनसक्ने स्थानियले आशंका गरेका छ

पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर २ टाँडीमा वेवारिसे पैसा फेला भेटिएको छ । सडकमा एक व्यक्ति आएर पैसा फालेर ती व्यक्ति मोटरसाइकलमा भागेको भागेको स्थानियले बताए । टाडीँ चोक नजिक हाइस्कुल रोडको सडकमा वेवारिसे पैसा फेला परेपछि स्थानिय त्रसित बनेका छन् ।
सडकमा पाँच सय, पचाँस, बिस र दश रुपैयाँको नोट फालिएको छ ।
प्रहरीले पाँच सयको एउटा, पचाँसको तिनवटा, बिसको एउटा र दश रुपैँयाको एउटा नोट बरामद गरेको छ ।अज्ञात व्यक्तीले पैसा फालेर भागेपछि स्थानीय त्रसित भएका छन् । कोरोना संक्रमण बढिरहेको बेला अज्ञात व्यक्तीले पैसा फालेर भागेपछि कोरोना संक्रमण फैलाउन यस्तो गरेको हुनसक्ने स्थानियले आशंका गरेका छन् ।