कोरोना भाइरस : अमेरिकामा मृतक संख्या ६८ हजार नाघ्यो

कोरोना भाइरस : अमेरिकामा मृतक संख्या ६८ हजार नाघ्यो

४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६८ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म थप १ हजार १२२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६८ हजार ५६६ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २६ हजार ४५९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ११ लाख ८७ हजार २३३ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ७८ हजार २६३ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ९ लाख ४० हजार ४०३ जनामध्ये १६ हजार १३९ जनाको अवस्था गम्भीर रहेको छ ।

यसै बीच

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट साउदी अरबमा ज्यान गुमाउनेको संख्या १८४ पुगेको छ ।

आइतबार थप ८ जनाको मृत्यु भएसँगै साउदीमा ज्यान गुमाउनेको संख्या १८४ पुगेको हो । आइतबार साँझ तसमाचार तयार पार्दासम्म थप १ हजार ५५२ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७ हजार ११ पुगेको हो ।

हालसम्म साउदीमा ४ हजार १३४ जना संक्रमित उपचारपछि निको भएका छन् भने २२ हजार ६९३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत संक्रमितममध्य १३९ जनाको अवस्था गम्भीर रहेको छ ।

साउदीमा ठूलो संख्यामा नेपाली कामदार रहेका कारण नेपाली दूतावासले उनीहरुलाई सुरक्षित रहन अपिल गर्दै आएको छ ।