भारतमा कोरोना संक्रमित १ हजार ३९१ जनाको मृत्यु

भारतमा कोरोना संक्रमित १ हजार ३९१ जनाको मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप ६८ जनाको मृत्यु भएको छ ।

गएको २४ घण्टामा कोरोनाका कारण ६८ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ३९१ पुगेको छ ।

भारतमा एकैदिन थप २ हजार ८०६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४२ हजार ५०५ पुगेको छ ।

भारतमा संक्रमितमध्ये ११ हजार ७७५ जना उपचारपछि निको भएका छन् । २९ हजार ३३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सार्क मुलुकमा पनि भारत सबैभन्दा भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ ।

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ ।

एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ३९७ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी इरानमा ६ हजार २०३ जनाले ज्यान गुमाएका छन् भने चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

यसै बीच

अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ४७ हजार १२२ जना संक्रमित भएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १६४ जनाको मृत्यु भएको छ भने १ हजार ५३३ जना नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार २६४ पुगेको छ । १ लाख ४८ हजार ५५८ जना उपचारपछि निको भएका छन् ।

७३ हजार ३०० जना उपचाररत छन् । त्यसमध्ये २ हजार ३८६ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।