नेपालगञ्जमा एकै दिन १५ जनामा देखियो कोरोना भाइरसको संक्रमण

नेपालगञ्जमा एकै दिन १५ जनामा देखियो कोरोना भाइरसको संक्रमण

बाँकेको नेपालगञ्जमा एकै दिन १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालगञ्ज उपमहानगरपालिकामा एकै दिन १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार नेपालगञ्जमा आज देखिएका कोरोना संक्रमितमध्ये ८ जना पुरुष र ७ जना महिला रहेका छन् ।

डा अधिकारीका अनुसार नेपालगञ्जमा आज थपिएका कोरोना संक्रमित पुरुषहरुको उमेर क्रमश ७, १६, २१, ३२, ३४, ३४,३७ र ५५ वर्ष उमेर समूहका छन् । यस्तै ७ जना कोरोना संक्रमित महिलाको उमेर क्रमश ३०, ३६, ४०, ५०, ५५, ५८ र ६० वर्षका छन् ।

उनीहरुको भेरी अस्पतालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत शुक्रबार मात्र नेपालगञ्जमा ६० वर्षीया पुरुषमा कोरोना संक्रमण देखिएको थियो । यो सँगै नेपालगञ्जमा मात्र कोरोना संक्रमितको संख्या १६पुगेको छ ।

यो सँगै देशभर कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।