अविवाहित महिला विश्वमा सबैभन्दा खुसी !

अविवाहित महिला विश्वमा सबैभन्दा खुसी !

 एक नयाँ वैज्ञानिक अनुसन्धानले बालबच्चा नभएका अविवाहित महिलाहरु विश्वका सबैभन्दा खुसी मानिसमा पर्ने देखाएको छ । शिर्ष मनोविश्लेषकहरुको नेतृत्वमा गरिएको अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको हो ।

एक्लो जीवन बिताइरहेका र बालबच्चा नभएका महिलाहरु घरेलु जिम्मेवारीको बोझ उठाइरहेका आफ्ना साथीहरुको तुलनामा अधिक स्वस्थ र लामो जीवन जीउने गरेको वेल्स स्थित प्रोफेसर डोलानले बताएका हुन् ।

डोलान ‘लन्डन स्कुल अफ इकोनोमिस्क’ मा व्यवहारिक विज्ञानका शिर्ष विश्लेषक हुन् । यस्तोमा सबैभन्दा पछिल्लो डाटाले पनि ‘खुसी रहन र सुखी जीवन बिताउन विवाह र मातृत्व जस्ता सामाजिक सफलताका पारम्परिक उपाय नै अपनाउनु पर्छ भन्ने जरुरी नभएको’ संकेत गरेको उनले बताए ।

यी विषयहरु खुसी जीवनको स्तरसँग सम्बन्धित नहुन पनि सक्ने उनको भनाइ छ ।

यो अनि पढ्नुहोस

सम्बन्धमा रहे पनि ५० प्रतिशत महिलाले छुट्टिनुअघि नै ब्याकमा अर्का साथी तयार पार्ने गरेको एउटा अध्ययनले देखाएको छ ।

तत्कालको सम्बन्ध टुटे पनि त्यसपछिका लागि त्यसरी पुरुष साथी तयार पार्ने गरेको अध्ययनले जनाएको डेली मेलले लेखेको छ । यो दोस्रो योजना अन्तर्गत उनीहरुले दिमागमा राख्ने गरेको पनि दाबी गरिएको छ ।

बिहे गरेका महिलाले त्यसरी अतिरिक्त पुरुषसँगको सम्बन्ध पनि कायम राख्ने गरेको अध्ययनको नतिजा छ ।

तर त्यसरी ब्याकपमा बस्ने पुरुष कस्ता हुन्छन् ? अध्ययनको तथ्यांकअनुसार त्यस्ता पुरुष पुराना साथी धेरै हुने गरेको पाइएको छ । जोसँग सम्बन्धित महिलाको नजिकको भावनात्मक सम्बन्ध पनि हुन्छ । योसँगै पूर्वप्रेमी, पूर्वपति पनि हुन सक्छन् । सहकर्मी वा महिलाका जीम सेन्टरलगायतमा भेटिएका साथी पनि हुन सक्छन् ।

यो सर्वेक्षणमा एक हजार महिलासँग कुराकानी गरिएको थियो । यस्तो सर्वेमा अर्को योजनामा राखिएका साथी केही लामो समय अथवा ७ बर्षअघिसम्मको चिनजानका हुने गरेको हुन् । अध्ययनमा आएका १० प्रतिशत महिलाले त अतिरिक्त योजना भइसकेको स्वीकार गरेका थिए, अहिले कायम रहेको पनि उल्लेख गरे ।

१० जनामा ४ जना भन्दा बढीले त पारिवारिक रुपमा नै कुराकानी भइरहेको पनि उल्लेख गरे । सानो प्रतिशतमा महिलाले त्यस्ता साथी भेटिएको पनि कुराकानीको दौरानमा बताए ।

डेली मेलमा प्रकाशित भएको अध्ययनअनुसार १२ प्रतिशत भन्दा बढी महिलाले हालको सम्बन्धमा रहेका पतिभन्दा पनि अतिरिक्त सम्बन्धका लागि तयार भएका व्यक्तिले उनीहरुको भावना राम्रोसँग बुझेका छन् ।

कतिपय महिलाले चाहिँ आफ्ना ब्याकप पार्टनर आफ्नै पतिका साथी समेत भएको उल्लेख गरेका छन् । अनपोल डटकमले तयार पारेको सर्वेक्षणले यस्तो नतिजा निकालेको हो । त्यसका बजार व्यवस्थापक तथा प्रवक्ताले भनेका छन्,‘यो अध्ययनको नतिजाले केहीलाई अचम्मित बनाउन सक्छ ।’

एउटा भनाई छ– घाँस जहिल्यै हरियो हुँदैन । यो आजको महिलाका लागि उपयोगी भनाई होइन । घरवारको समयमा जे पनि हुन सक्ने सम्भावना भएकाले आजका महिलाले अतिरिक्त योजनामा अर्का पुरुष राखेका हुन सक्छन् । फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल अर्को योजनामा रहेका मानिससँग सम्पर्कमा रहन सरल माध्यम हुन् ।