कोरोना निको भयर घर गयको सात दिनमा फेरी देखियो

कोरोना निको भयर घर गयको सात दिनमा फेरी देखियो

कोरोनाको उपचारपछि निको भएर घर फर्किएका रौतहटका एक युवकलाई एक सातापछि फेरि अस्पताल भर्ना गरिएको छ ।

रौतहट, इशनाथ नगरपालिकाका १९ वर्षीय ती युवकको रिपोर्ट शंकास्पद देखिएको भन्दै बीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको हो ।

कोभिड–१९ संक्रमण पुष्टि भएपछि उनलाई बैशाख २ गते नारायणी अस्पताल भर्ना गरिएको थियो ।

आइशोलेनशमा १२ दिनसम्म राखिएका उनको पीसीआर परीक्षणको तेश्रो ,चौथो र पाचौँ रिपोर्ट नेगेटिभ आएपछि बैशाख १४ गते डिस्जार्च भएका थिए ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले उनमा थप परीक्षण गर्नुपरेकाले अस्पताल भर्ना गरिएको बताए ।

बुधबार अस्पतालबाट गएको टोलीले ती युवकको स्वास्थ्य जाँच गर्नुको साथै रगत र थ्रोट स्वाबको नमुना संकलन गरेर ल्याएको थियो ।

त्यसको रिपोर्ट शंकास्पद देखिएको जनाइएको छ । बैशाख १४ मा उनीसंगै भारतका तीन जना जमातीको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई पनि अस्पतालबाट डिस्चार्ज गरिएको थियो । 

यो पनि पढ्नुहोस

प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने ७ सय ८४ जनालाई पक्राउ गरेको छ ।

अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन प्रहरीले आग्रह गर्दा गर्दै पनि अटेरी गर्ने ७८४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

जसमध्ये लकडाउन उल्लघंन गर्दै सडकमा निस्कने १ सय ९६ जना महिला समेत रहेका छन्।

उनीहरुलाई तीन घण्टासम्म सडकमा राखेर घर फर्काउने गरेको छ। काठमाडौंकै केही ठाउँमा लकडाउन उल्लंघन गर्नेलाई सडकमा नै खादा लगाइदिने समेत गरिएको छ ।

यसैबीच हिजो शनिबार मात्रै सवारीसाधनको पासमा आफैँले मिति सच्याउँदै सवारी चलाउने, पासको दुरुपयोग गरेका कारण दर्जनौँ कारबाहीमा परेका छन् ।

आइतवार बिहान ८ बजेसम्म प्रहरीले २ सय ४ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गत चैत ११ गतेबाट लकडाउन घोषणा गरेको हो। पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख २५ गते सकिँदैछ। लकडाउनको आज ४१ औं दिन पुगेको छ ।

यसैबीच हालसम्म नेपालमा ५९ जना कोरोना संक्रमित भेटिएका छन् । ती मध्ये १६ जना निको भएर घर फर्केका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।