कोरोना सकस बिदेशी भूमिमा ७३ नेपालीले ज्यान गुमाय , परिवारमा पिडा

कोरोना सकस बिदेशी भूमिमा ७३ नेपालीले ज्यान गुमाय , परिवारमा पिडा

विश्वका विभिन्न मुलुकका कोभिड नाइन्टिनका कारण हालसम्म ७३ जना नेपालीको मृत्यु भएको छ ।

बेलायतमा ४१ जना, अमेरिकामा १५, यूएईमा पाँच तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्ड्समा एक एक जनाको मृत्यु भएको हो ।

न्यूयोर्कमा मात्रै १२ जनाको मृत्यु भएको छ । ५ हजार २४७ संक्रमित मध्ये एक हजार ५७ जना उपचार पछि निको भएको गैर आवसिय नेपाली संघ, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए ।

मध्यपूर्वमा मात्रै २ हजार तीन सय नेपाली श्रमिकमा कोरोना संक्रमण भएको छ ।

यसैबीच एनआरएनएका अध्यक्ष तथा एनआरएन, कोभिड नाइन्टिन उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले गैरआवासीय नेपालीलाई कोरोना महामारीविरुद्ध एकजुट भएर लड्न आग्रह गर्दै स्वास्थ्य नियमलाई कडाइका साथ पालना गर्न आह्वान गरेका छन् ।

विश्वका २७ मुलुक रहेका नेपाली कोरोनाबाट संक्रमित छन् ।

यो पनि पढ्नुहोस

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार ६०९ पुगेको छ ।

आइतबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको महामारीबाट ३४ लाख ८० हजार ४७० मानिस संक्रमित भएका छन् ।

विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका ११ लाख ८ हजार ६५ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् । २१ लाख २७ हजार ७९६ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५० हजार ८६४ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ५ हजार १६१ जनाको मृत्यु भएको छ भने ८२ हजार ३७९ जना संक्रमित भएका छन् ।

त्यस्तै कोरोना भाइरसले युरोपियन मुलुकहरुमा १४ लाख २४ हजार ३६४ जना संक्रमित छन् । एकै दिन २५ हजार ६७४ जना नयाँ संक्रमित थपिएका छन् ।

यो समाचार तयार पार्दासम्म १ लाख ३९ हजार ४१० जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ५ लाख ३१ हजार ३४८ जना उपचारपछि घर फर्किएका छन् । ७ लाख ५३ हजार ६०६ जना विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरुमध्ये १७ हजार ६२६ को अवस्था गम्भीर छ ।

एसियाली देशमा कोरोना संक्रमितको संख्या ५ लाख ४५ हजार ५४४१ पुगेको छ । अहिलेसम्म १९ हजार ३२० ले ज्यान गुमाएका छन् । २ लाख ८४ हजार ६४ जना उपचारपछि फर्किएका छन् । २ लाख ४२ हजार १६० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिले ५ हजार ४९८ जनाको अवस्था गम्भीर छ ।

उत्तर अमेरिकी मूलुकहरुमा १२ लाख ५७ हजार ९८७ जना संक्रमित भएका छन् । ७३ हजार ७४५ ले ज्यान गुमाएका छन् । अहिले ९ लाख ८३ हजार ७१ को विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १७ हजार ७१७ जनाको अवस्था गम्भीर छ । २ लाख १ हजार १७१ जना उपचारपछि घर फर्किएका छन् ।

दक्षिण अमेरिकी मूलुकहरुमा १ लाख ९९ हजार ७५० जनामा संक्रमण देखिएको छ । १० हजार २४३ जनाले ज्यान गुमाएका छन् । ६९ हजार ३९ जना निको भएका छन् भने १ लाख २० हजार ४६८ जना उपचाररत छन् । ९ हजार ८६२ को अवस्था गम्भीर छ ।

अफ्रिकी राष्टमा ४३ हजार ७३४ संक्रमित भएका छन् । १ हजार ७६३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अस्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ८ हजार ३७० जना संक्रमित भएका छन् । ११३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको महामारीले सबैभन्दा धेरै क्षति पुर्‍याएको अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६७ हजार नाघेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा आइतबार बिहान समाचार तयार पार्दासम्म १ हजार ६४३ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ६७ हजार ३९६ पुगेको छ ।

अमेरिकामा एकैदिन २८ हजार ५३४ बढीमा संक्रमण देखिएसँगै संक्रमितको संख्या ११ लाख ५९ हजार ५६४ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ६० जना ७०५ उपचारपछि निको भएका छन् । १६ हजार ४७५ जनाको अवस्था गम्भीर रहेको छ । ९ लाख ३१ हजार ४६३७ जना उपचाररत छन् ।

कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप १ सय जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा कोरोनाका कारण १ सय जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ३२३ पुगेको छ ।

भारतमा एकैदिन थप २ हजार ४४२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३९ हजार ६९९ पुगेको छ । भारतमा संक्रमितमध्ये १० हजार ८१९ जना उपचारपछि निको भएका छन् । २७ हजार ५५७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सार्क मुलुकमा पनि भारत भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा छ ।

एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ३३६ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी इरानमा ६ हजार ११५ जनाले ज्यान गुमाएका छन् भने चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।