सावधान! आलुलाई फ्रिजमा राख्नु स्वास्थ्यको लागि हानिकारकको साथमा खतरनाक,

सावधान! आलुलाई फ्रिजमा राख्नु स्वास्थ्यको लागि हानिकारकको साथमा खतरनाक,

हामी तरकारीलाई लामो समय सम्म सुरक्षित राख्नको लागि तरकारीलाई फ्रिजमा राख्ने गर्छौ । तर केही चिज यस्ता हुन्छन् जुन फ्रिजमा राख्दा हाम्रो स्वास्थ्यमा नै नकारात्मक असर पर्न जान्छ ।

यसमा आलु पनि एक हो । यदि आलुलाई लामो समय सम्म सुरक्षित गरेर राख्नको लागि फ्रिजको प्रयोग गर्नुहुन्छ भने त्यो गलत गर्दै हुनुहुन्छ। आलुलाई फ्रिजमा राख्नु खतरनाक हुन जान्छ । खास गरेर आलुमा स्टार्च हुन्छ जब लामो समय सम्म आलुलाई फ्रिजमा राख्नु हुन्छ भने फ्रिजमा हुने चिसोको कारणले यो स्टार्च सुगरमा बदलिन्छ । अनि यो सुगर पनि खतरनाक केमिकलमा परिणत हुन जान्छ र यसको सेवन पनि कैयौं किसिमको क्यान्सरको कारण बन्न सक्छ ।

फुड स्टान्डर्ड एजेन्सी द्धारा गरिएको एक शोधको अनुसार जब तपाईं फ्रिजमा रहेको आलुलाई पकाउनु हुन्छ या फ्राइ गर्नुहुन्छ तब आलुमा भएको शुगर कन्टेन्ट यसमा भएको एमिनो एसिड एस्परेगिनको साथमा मिलेर एक्राइलामाइड नामको केमिकल उत्पन्न हुन थाल्छ । यो केमिकलको प्रयोग पेपर बनाउन, प्लास्टिक बनाउन र कपडामा डाइ गर्न प्रयोग गरिन्छ । सोधमा यो कुरा पनि सावित भैसकेको छ जो व्यक्ति उच्च तापमा पाकेको स्टार्च बाला खाना खान्छ उसमा विभिन्न किसिमको क्यान्सर रोग लाग्ने अधिक सम्भावना हुन्छ ।

आलुलाई उच्च तापमा पकाउनु पनि शरीरको लागि हानिकारक हुन्छ । यसको खतराबाट बच्नको लागि आलुलाई पकाउनु भन्दा पहिला यसलाई छिलेर १५– २० मिनेट सम्म पानीमा भिजाएर राख्न सकिन्छ । यसो गर्नाले आलु पकाउँदा यसमा एक्राइलामाइड बन्ने आशंका कम हुन्छ ।

यो पनि पढ्नुहोस

यस्तो लक्षण भएका श्रीमतीले चम्काउँछन् श्रीमानको भाग्य !


शारिरिक बनावट, अंग, रुप रेखाले व्यक्तिको भविष्यवाणी गर्ने कुरा समुन्द्र शास्त्रमा उल्लेख रहेको छ । शिव पुराणमा कुमार कार्तिकेयले कस्तो गुण भएको युवतीहरुभाग्यशाली हुन्छ भन्ने भन्ने बारे बताएका छन् । जुन गुणहरु भएका युवतीसँग विवाह गर्ने पुरुषलाई राजा सम्मान हुने कुरा उल्लोख गरिएको छ ।

१.पीतासँग अनुहार मिल्ने युवतीहरु भाग्यमानी हुने गरको बताइएको छ । उनीहरुको जीवनमा सुखभोग गर्न चाहेको जस्तोसुकै कुराहरु पनि प्राप्त हुने गर्छ । त्यस्तै आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी हुने बताइएको छ ।

२.कालो कपाल र अगाडीपट्टी झकेको कपाल छ भने त्यस्ता युवतीहरु पनि भाग्यमानी हुने बताइएको छ । चिल्लो र मुलायम कपाल हुने युवतीलाई पनि भाग्यमानी मानिन्छ ।

३.गोलो, चिल्लो र आकर्षक अनुहार भएका युवतीलाई पनि भाग्यमानी मानिन्छ ।

४.शिरको अगाडीको भाग उठेको छ भने त्यस्ता युवतीहरु भाग्यमानी धनी र वैभवशाली हुने गर्छन् ।

५.सिन्दुर लगाउने ठाउँमा सिधा र उठेको छ भने त्यस्ता युवती सँधै भाग्यमानी हुने विश्वास रहेको छ ।

६.आँखी भौ धनुष जस्तो अकारमा झुकेका युवतीहरु भाग्यमानी मानिन्छ ।