विवाहपछि किन मोटाउछन् युवती, यस्ता छन् ६ कारण

विवाहपछि किन मोटाउछन् युवती, यस्ता छन् ६ कारण

दुव्लो भएका युवा युवती विवाह पछि मोटाएका हामीले देखेका छौं । अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको सुनिन्छ । विवाहपछि किन मोटाउछन् त पातला मानिस यसबारे अनुसन्धान भइरहेको छ ।

फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार विवाह पछि थुप्रै महिला र पुरुषको तौल तेज रुपमा बढ्ने गर्दछ । यस्तै एक अन्य अनुसन्धानका अनुसार विवाहको ५ वर्ष्भित्र करिब ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलो बढ्ने गर्दछ । विशेषज्ञका अनुसार तौल बढ्नुमा हाम्रो परिवर्तित जीवनशैली र बडी चेन्ज नै हो ।

१. हर्मोनल चेन्ज

विवाह पछिको परिवर्तित दैनिकी र जीवनशैलीका कारण शरिरमा थुप्रै हर्मोनल चेन्ज हुने गर्दछ । यो तौल बढाउनका लागि जिम्मेवार हुनसक्छ ।

२. निन्द्रा नपुग्नु

विवाह पछि व्यस्त समय तालिकाका कारण थुप्रै मानिसहरु पर्याप्त निदाउन पाउँदैनन् । अध्ययनका अनुसार दैनिक ७–८ घण्टा राम्रोसँग नसुत्दा शरिरको मेटाबोलिजम कम हुने गर्दछ जसले तौल बढ्ने गर्दछ ।

३. तनाव

विवाह पछि जीवनमा आएको परिवर्तनका कारण मानिसहरु तनावमा हुन्छन् । यस्तो अवस्थामा भोक बढाउने हर्मोनको लेभल बढ्ने गर्दछ जसले तौल बढ्ने गर्दछ ।

४. सोचमा परिवर्तन

मानिसहरु विवाह पहिले राम्रो देखिनका लागि आफ्नो डाइट र फिटनेसमा पूरा ध्यान दिने गर्दछन् तर विवाह पछि जीवनशैलीमा परिवर्तन हुने भएका कारण यस्ता कुराहरु छुट्ने गर्दछ जसले तौल बढ्छ ।

५. दैनिकीमा परिवर्तन

एक्लै हुँदा आफूलाई फिट राख्नका लागि पर्याप्त समय निकाल्न सकिन्छ तर विवाह पछि प्राथमिकता परिवर्तन हुन्छ । मानिसहरु व्यायमको लागि समय निकाल्न सक्दैनन् । शारिरिक रुपमा निष्क्रिय हुने भएका कारण तौल बढ्ने गर्दछ ।

६. उमेरको असर

आजकाल धेरैजसो मानिस २८–३० वर्षमा सेटल भएपछि विवाह गर्दछन् । जबकी अध्ययनका अनुसार ३० वर्षपछि हाम्रो शरिरको मेटाबोलिजमको रेट कम हुन्छ जसका कारण तौल बढ्छ ।

७. आउटिंग

विवाह पछि हनिमुन जाँदा बाहिरको खाना साधारण हुन्छ । यसका साथै धेरैजसो जोडी विकेन्ड र आउटिंग भन्दै बाहिर खाना खान रुचाउँछन् । यी हाइ क्यालोरी खाना तौल बढाउनको लागि जिम्मेवार हुन्छन् ।

८. डाइटमा परिवर्तन

विवाह पछि आफन्तकोमा जानु पर्ने रितिरिवाज हुन्छ जहाँ धेरैजसो हेभी खाना हुने गर्दछ । धेरै जोडीको खाना खानको लागि निश्चित समय पनि हुँदैन । यसले तौल बढ्छ ।

यो पनि पढ्नुहोस

सुहागरात टिप्सः यौन सम्बन्धपछि के गर्ने, के नगर्ने ?


सुहागरात, अर्थात बिवाहको पहिलो रात । यसलाई कसरी स्मरणिय र रोमाञ्चक बनाउने ? अक्सर नव जोडी यस्तै ध्याउन्नमा होलान् । यसका लागि उनीहरुले अनेक कल्पना गरेका हुन सक्छन् ।

सुहागरातको सबैभन्दा महत्वपूर्ण पाटो हो सहवास, अर्थात शारीरिक समागम । सहवासले नै सुहागरातलाई सुन्दर बनाउँछ । तर, सहवास जति महत्वपूर्ण छ, त्यसभन्दा पछाडिको क्रियाकलाप पनि कम महत्वपूर्ण छैन ।

पहिलो पटक यौन सम्बन्ध बनाइसकेपछि के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्ने विषयमा अधिकांस नवविवाहित जोडीहरु अन्जान नै हुन्छन् । त्यसैले यहाँ यौन सम्बन्धपछि ‘सेफ ल्याण्डिङ’ गर्ने बारे उल्लेख गरिएको छ ।

पार्टनरसँग सामिप्यता

जब यौन सम्पर्क गरिसक्छन्, त्यसपछि अक्सर पति पत्नी अलग हुन्छन् । र, विपरित दिशामा फर्किएर निदाउने चेष्टा गर्छन् । यस्तो गल्ती सुहागरातमा पनि हुनसक्छ ।

यौन सम्बन्धलगत्तै अर्कोपट्ट िफर्केर निदाउनु हुँदैन । बरु केहीबेर अन्तरंग गफ गर्नुपर्छ । आफ्नो रुचीका कुराहरु सेयर गर्नुपर्छ । जीवनका मिठा मिठा भोगाइहरु एक-अर्कालाई सुनाउनुपर्छ । तर, दुख र तनावको कुरा भने यतिबेला ननिकाल्नु उपयुक्त हुन्छ ।

आफ्टर प्ले

यौन सम्बन्धअघि ‘फोर प्ले’ जति महत्वपूर्ण छ, ‘आफ्टर प्ले’ को पनि उत्तिकै महत्व छ । तर अधिकांस जोडीहरुले आफ्टर प्लेमा ध्यान दिँदैनन् । फोर प्ले भन्नाले यौन सम्बन्धलाई रोमान्ञ्चक बनाउन त्यसअघि गरिने यौनजन्य क्रियाकलाप हुन् । यस्तो क्रियाकलाप यौन सम्बन्ध पछि पनि जारी राख्न सकिन्छ । तर, भिन्न किसिमले ।

विशेषगरी पुरुषहरु यौन सम्पर्कपछि शिथिल बन्छन् र आफ्नी जीवनसँगीनीलाई वेवास्ता गरेर अर्कोपट्ट िकोल्टे फेर्छन् । तर, यो कदापी राम्रो होइन । यौन सम्पर्कपछि पनि एक अर्कालाई अंगालेर सुत्नु अति आवश्यक छ । यसले सम्वन्धलाई कसिलो बनाउन मद्दत गर्छ ।

सरसफाई

यौन सम्पर्क लगत्तै सुत्न हतारिने होइन । बरु, यौन सम्पर्क राखेको स्थानको सरसफाईमा ध्यान दिनुपर्छ । संभव भएसम्म नयाँ बेडकभर बदल्नुपर्छ ।

पानी पिउने

भनिन्छ, सुहागरातमा पहिलोपटक यौन सम्पर्कपछि पानी वा सरवत पिउनुपर्छ । सेक्स प्लेपछि शरीर हाइड्रेटेड हुने भएकाले त्यसको परिपुर्ति आवश्यक हुन्छ । यसका अलावा फलफुल वा इनर्जी बार खानु राम्रो हुन्छ ताकि शरीरमा क्षीण भएको शक्ति फेरि फिर्ता आओस ।

साबुनको प्रयोग नगर्ने

यौन सम्पर्कपछि नुहाउनु राम्रो हो । यौन सम्पर्क गरिसकेपछि पिसाब फेर्नुपर्छ । यसले गर्दा यौनाङ्गमा संक्रमण हुने अवस्था रहँदैन । साथै यौनाङको सफाई गर्नुपर्छ, यद्यपी साबुनको प्रयोग गर्नु उचित मानिदैन । यौनाङ्गलाई सफा पानीले धुनु नै पर्याप्त छ जसले गर्दा कुनै प्रकारको इन्फेक्सनको खतरा हुँदैन ।

तुरुन्तै भित्री बस्त्र नलगाउने

यौन सम्पर्क लगत्तै भित्री बस्त्र लगाउनु पनि उचित मानिदैन । जब भित्री बस्त्र लगाइन्छ, यौनाङ्ग गुम्सिन पुग्छ र त्यसले संक्रमणको खतरा बढाउँछ । खुला हावामा सर्वाङ्ग बस्नु राम्रो हुन्छ ।