लकडाउन खुकुलो बनाउने सरकारी तयारी

लकडाउन खुकुलो बनाउने सरकारी तयारी

लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले सो कार्ययोजना तयार पारेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको सो रणनीतिमा उल्लिखित कार्ययोजनामा सिंगो देशलाई तीन क्षेत्रमा विभाजन गरी सोही अनुसार लकडाउनलाई खुकुलो बनाइने तयारी गरिएको हो ।

जसअनुसार अब स्वास्थ्यसम्बन्धी तथ्यांक र वैज्ञानिक विश्लेषणका आधारमा देशका विभिन्न भागलाई हरियो क्षेत्र (ग्रिन जोन), पहेँलो क्षेत्र (एलो जोन) र रातो क्षेत्र (रेड जोनं) मा विभाजन गरिनेछ ।

ग्रिन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला राखिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

यसैगरी, संक्रमण नियन्त्रण उन्मुख रहेको जिल्ला र क्षेत्रलाई एलो जोन र सो क्षेत्रमा मुख्य क्रियाकलाप मात्रै खुला गरिने र संक्रमण नियन्त्रणबाहिर रहेको क्षेत्रमा भने लकडाउन जारी राखिने आजको राजधानी दैनिकमा खवर छ ।

यो पनि पढ्नुहोस

रोजगारी गर्न खाडी मूलुक पुगेका नेपालीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण दर बढ्न थालेको छ ।

साउदी अरबको प्रमुख व्यापारिक केन्द्र जेद्दा आसपासको क्षेत्रमा ३४ नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमा दुई जना महिला छन् ।

जेद्दास्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयकाअनुसार उनीहरुको इर्फान, जेद्दा नेशनल, किङ फाद, किङ अब्दुल्ला मेडिकल कम्पलेक्स अस्पतालमा उपचार भइरहेको छ । कार्यवाहक महावाणिज्य दूत रेवती पौडेलले संक्रमित सबै नेपालीसँग नियमित सम्पर्कमा रहेको बताए ।

साउदीको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमित बिरामीको राष्ट्रियता नखुलाए पनि महावाणिज्य दूतावासको सम्पर्कमा ३४ जना नेपाली रहेको पौडेलले बताए ।

उनले बिरामी, कम्पनीको आधिकारिक प्रतिनिधि (पिआरओ) र चिकित्सकसँग नियमित सम्पर्कमा रहेको बताए । बिरामीमध्ये ५० वर्षीय एक कामदारलाई भने विशेष निगरानीका लागि आईसीयुमा राखिएको छ । अन्यलाई अस्पतालको सामान्य कक्षमा उपचार भइरहेको छ ।

३४ मध्ये २ जना निको भइसकेको छ । १८ जना अस्पतालमा छन् । १५ जना पनि निको हुने चरणमा रहेकोले अस्पतालबाट क्‍वारेन्टाइनमा सारिएको पौडेलले बताए । संक्रमितमध्ये तीनवटा सप्लाई कम्पनीमा २१ जना, एउटा चक्लेट कम्पनीमा ९ र एउटा सुपरमार्केटमा ४ जना कार्यरत छन् ।

साउदीमा यसबाहेक पनि नेपाली संक्रमित छन् । राजधानी रियादस्थित नेपाली दूतावासको क्षेत्रधिकार पर्ने रियाद, दमाम, जुवेल, खोवरमा संक्रमित नेपालीको सख्या खुलाइएको छैन । त्यस क्षेत्रमा संक्रमित नेपाली दूतावासको सम्पर्कमा छन् ।

साउदीमा शनिबार पनि १३ सय ६२ जनालाई पोजिटिभ देखिएको छ । हालसम्म साउदीमा संक्रमितको संख्या २५ हजार ४ सय ५९ जना पुगेको छ । जसमध्ये ३७ सय ६५ जनालाई निको भएको छ । एक सय ७६ जनाको मृत्यु भएको छ ।

त्यस्तै कुवेतमा शनिबार थप ३ नेपाली संक्रमित भएका छन् । योसँगै कुवेतमा संक्रमित नेपालीको संख्या ७७ पुगेको छ । कुवेतका जिलिप र महावुल्ला क्षेत्रमा बस्ने नेपाली बढी संक्रमित भइरहेको छ । संक्रमित नेपालीले उपचार चित्ताबुझ्दो रहेको बताए ।

‘संक्रमितको रिपोर्ट आएको चार दिन भयो । मलाई अस्पतालमा राखिएको छ’, एक नेपालीले भने,‘म कामदार ओसार्ने गाडी चलाउँदै आएको थियो । कसरी संक्रमित भए भनेर बुझेकै छैन ।’

अहिलेसम्म सबैभन्दा बढी बहराइनमा नेपालीको संक्रमितको सख्या १२६ जना पुगेको छ । मलेसियामा भने ३ संक्रमित छन् । कतारले भने अहिलेसम्म राष्ट्रियता खुलाएको छैन । कतारमा शनिबार ७ सय ७६ जना कोभिड–१९ का संक्रमित भएका छन् ।

कतारमा अहिलेसम्म एक लाख एक हजार ७ सय २८ जनाको कोरोना जाँच भएको छ । कतारमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।