जब सिमेन्ट ‘मिक्सर’ भित्रबाट १८ मजदुर निस्किए…

जब सिमेन्ट ‘मिक्सर’ भित्रबाट १८ मजदुर निस्किए…

काेराेना भाइरस (काेभिड १९) काे कारण लकडाउन घाेषणा गरिएपछि भारतकाे विभिन्न ठाउँमा मजदुरहरु अलपत्र परेका छन् ।

भारत सरकारले गएकाे अप्रिल २९ गते मजदुरलाई ठूलाे राहत दिएकाे थियाे, मजदुर, छात्र र पर्यटकहरु आफ्नाे घर जान सक्ने बताएकाे थियाे । यद्यपि विभिन्न ठाउँमा अलपत्र परेका मजदुरहरु आफ्नाे ज्यान जाेखिममा पारेर एक ठाउँदेखि अर्काे ठाउँ जाने काेसिस गरिरहेका छन् ।

यस्तै घटना मध्य प्रदेशकाे इन्दाैरमा भेटिएकाे छ, जहाँ एक सिमेन्ट मिक्सरमा १८ जना मजदुर लुकेर महाराष्ट्रदेखि लखनउ गइरहेका थिए ।

प्रहरीले जाँच गर्ने क्रममा ती मजदुरहरुलाई उज्जैन राेडकाे पन्थ पिपलाई गाउँ नजिकबाट नियन्त्रणमा लियाे । मिक्सरबाट एक एक जना गर्दै मजदुर बाहिर आएपछि प्रहरी पनि हैरान भएकाे थियाे ।

ट्रककाे सिमेन्ट मिक्सरका चालक यी मजदुरलाई महाराष्ट्रदेखि इन्दाैरसम्म लिएर आइपुगे चेक प्वाइन्टमा ट्रक राेकिएपछि ड्राइभर हडबडाए । त्यसपछि जाँच गर्दा मिक्सरभित्र मानिस देखियाे र बाहिर निकालियाे ।

त्यसपछि प्रहरीले मिक्सर नियन्त्रणमा लियाे । मिक्सरभित्र रहेका मजदुरहरुलाई एक बगैँचामा राेकिएकाे छ ।

डीएसपी ट्राफिक उमाकान्त चाैधरीले भने, ‘शनिबार बिहान इन्दाैर–उज्जैन सीमाकाे पन्त पिपलाई चेक पाेस्टमा प्रहरीले एउटा मिक्सर गइरहेकाे थियाे । त्यही समय सुबेदार अमित यादवले सबै निर्माणकाे काम बन्द भएकाे बेला मिक्सन कता गइरहेकाे छ भनेर राेके । त्यसपछि मिक्सरका ड्राइभरले लखनउ जान लागेकाे बताए । फेरि ती प्रहरी अधिकारी मिक्सरकाे नजिक पुग्दा त्यहाँ आवाज आइरहेकाे सुने र ढक्कन खाेल्दा मिक्सरभित्र मजदुर भेटिए ।’

महाराष्ट्रबाट आइरहेका मजदुर लकडाउनका कारण घर जान नपाउँदा सास्ती बेहाेरिरहेका थिए । केही काम पनि नभएकाे हुँदा गुजारा गर्न पनि कठिन भइरहेकाे थियाे ।

मिक्सर चालकमाथि सांवेर चाैकीमा उजुरी दर्ता गरिएकाे छ । साथै प्रशासनले ती मजदुरहरुलाई एउटा बसमा लखनउ पठाउने तयारी गरिरहेकाे छ ।

यो पनि पढ्नुहोस

नेपालको छोटो दूरीको राजमार्ग हो बिपी राजमार्ग । जहाँ दैनिक हजारौँ सवारी साधन चल्ने गदर्छ, जुन मार्गलाई जापान सरकारले २५ अर्बको लगानीमा निर्माण गरेको हो।

सिन्धुलीको सुनकोशी गाउँपालिका–५, मुलकोट नजिकै रहेको रिट्ठे भीरको तल अक्कर भीर र सुनकोशी नदी रहेको छ । काठमाडौंबाट बनेपा–धुलिखेल–भकुण्डेबेसी– नेपालथोक हुँदै खुर्कोट नजिकै रहेको ठाउँ हो रिट्ठे भीर ।

जुन ठाउँको सडकमा हजारभन्दा बदी ऐनाहरु टाँसेको देख्न सकिन्छ । यो दृश्य देख्ना साथसबैको मनमा एक किसिमको कौतुहलता पैदा हुनु स्वभाविकै हो।

सडकको भित्ताभरी ऐना टास्नुको पछाडि धेरै कुराहरु लुकेको छ । जब कोही यात्रु होस् अथवा सवारी चालक त्यहाँ पुग्नु अगाडि नै सबैको मनमा एक किसिमको डर पैदा हुन्छ । जुन ठाउँ धेरै दु्घर्घटना हुने गर्दछ ।

केही तथ्यलाई हेर्दा विसं २०५८ वैशाख २० गते सिन्धुलीबाट काठमाडौं जाँदै गर्दा मुलकोट नजिकै रहेको रिट्ठे भीरमा बस खस्दा १४ जनाको निधन भएको थियो ।

२०६८ असोज २६ गते त्यसै ठाउँमा बस खस्दा बसका सबै यात्रु ४२ जनाको निधन भएको थियो । त्यसको ठिक छ वर्षपछि २०७६ असोज २६ गते ६ जनाको निधन भएको थियो । जुन ठाउँमा धेरै यात्रुहरुले ज्या न गुमाएका छन् ।

ऐनाहरु भित्र लुकेका अनेकै रहस्यहरु
आजभन्दा धेरै वर्ष अगाडि त्यस ठाउँमा गोरेटो बाटो थियो । बाटो नजिकै एउटा ठुलो सालको रुख थियो । रुखमुनि सानो पोखरी थियो । जुन पोखरीबाट पानी आउथ्यो । मानिसलाई पानी लैजान सजिलो हुन्थ्याे।

तर जापान सरकारले सडक बनाउने क्रममा पानी र पोखरी दुवै मासियो । पोखरीमा देवी छन् भन्ने कुरा कसैलाई थाहा भएन, जहाँ पूजा आरधना गरिन्थ्यो। त्यसको केही समयपछि एउटा आठ वर्षीया बालिकामा देवी उत्पन्न भइन् र उनले म देवी माता हुँ मलाई तिमीहरुले बस्न दिएनौ, मेरो बस्ने ठाउँ नै भत्कायौ, मेरो टाउको माथि गाडीहरु गुडिरहेको छ ।

मेरो लागि कसैले पनि मन्दिर बनाइदिएन् । जबसम्म मेरो नाममा मन्दिर बन्दैन तबसम्म म धेरै मान्छेहरुको भोग खान्छु भनिन् । स्थानीयहरुले त्यस कुरामा गम्भीर भएनन् । त्यसको केही समयपछि यात्रुवाहक वस शुनकोशी नदीमा खस्दा ४२ जनाको निधन भएको थियो, जसको आत्माले शान्ति पाओस् भनेर सप्ताह पनि लगाइदिए स्थानीयहरुले ।

सप्ताह लागेको बेला एक्कासी एउटी महिलामा देवी उत्पन्न भएर उनले बोकेको भरमा कोशीमा गएर सेतो ढुङ्गा लिएर एउटा रुखको जराको सेतो र रातो कपडाको धोजा बनाएपछि मन्दिर बनाएको स्थानीयहरु बताउँछन् । देवी मातालाई मन पर्ने भनेर ऐनाहरु राखियो ।

बिस्तारै ऐनाले धेरै संख्या लिन पुग्यो । ऐनाको दृश्यमा भुतप्रेत आउने नसक्ने र मानिसलाई दुःख दिन नसक्ने भएकाले यस स्थानमा ऐना राख्ने गरिएको जनविश्वास रहेको छ । आजभोलि त्यस स्थानमा जाने जोकोहीले पनि ऐना टाँस्ने गर्दछन् ।

यात्रु होस् या सर्वसाधरण त्यस ठाउँमा पुगेपछि केही समय रोकिएर ढोग्ने गर्दछन् । अझै पनि त्यहाँ पुग्नु अगाडि नै मानिसहरुको मनमा एक किसिमको डर पैदा हुने गर्दछ ।

नियमित रुपमा आवतजावत गर्ने सावरी साधनमात्र हैन यस राजमार्गमा नेपालको पूर्वी जिल्लाबाट राजधानी र राजधानीबाट पूर्वी जिल्लासम्म घुम्न निस्कनेहरूका सवारीको पनि उत्तिकै चाप हुन्छ। अन्नपुर्ण पोस्टमा राजन गाउँलेले लेखेका छन् ।

बीपी राजमार्ग अन्तर्गत रिठ्ठेभिरमा पुग्ने पुराना तथा नयाँ चालक र यात्रुका लागि भने एउटा आश्चर्य लाग्दो दृष्यले एकछिन रोक्किन बाध्य पुर्याउँछ। सडकको भित्ता खोपेर बनाइएको एउटा सानो सेतिदेविको मन्दिर र त्यसको वरीपरी भित्तै भरी झुण्डाइएका हजार बढी ऐना ।

२०६८ असोज २६ गते ४२ जनाको ज्यान जानेगरी भएको बस दुर्घटना देखेका स्थानीय बालबालिका, तन्नेरी र वृद्धवृद्धासमेत त्रर्सने, कहालिने र बर्बराउने गर्न थालेपछि सिन्धुलीका तत्कालीन प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीको पहलमा मनमा पैदा भएको भय भगाउन सप्ताह पुराण लगाइएको पुजारी आचार्यको भनाई छ।

‘दुर्घटनाका मृतकका आफन्तसहित लगाइएको पुराणमा एक महिलाले काम्दै सुनकोसीको एउटा ढुङ्गा टिपेर देखाउँदै म सेतिदेवी हुँ, मेरो बासस्थानमा सडक निर्माण गर्दा क्षति पुर्याए पछि मैले मान्छेको भोग खान थालेको हुँ’, आचार्य त्यो घटना सम्झन्छन्,’मलाई सडकमै मन्दिर बनाएर बस्न दिएमात्रै राम्रो गर्छु। नत्र थप क्षति गर्छु।’ यो घटनापछि जापान सरकारले नै सडकको भित्तो खोपेर मन्दिर बनाइदिएपछि ऐना चढाउने र पूजा गर्न थालिएको उनी सम्झभन्छन्।

ती महिलाको भनाई र रिठ्ठेभिरमा सडक निर्माण गर्दा एक्साभेटर पल्टिने, बिग्रिनेजस्ता अनपेक्षित घटना हुने गरेपछि सडक निर्माण गर्दै आएको जापानिज कम्पनी हाज्माका प्राविधिकहरूको टोलीले सेतीदेवीलाई बोका बलि दिएपछि भने त्यस्ता घटना दोहोरिन छाडेको सेतिदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज श्रेष्ठ बताउँछन्। ‘यस्ता डरलाग्दा घटनाले अचम्मित बनाएपछि यहाँ सबैको पहलमा सेतिदेवीको मन्दिर स्थापना गरिएको हो,’ श्रेष्ठले भने।