यहाँ बिश्वाशको पोकोमा अबिश्वाश भेटिन्छ, असत्य सत्यको बुइ चढेर आउछ ,अनि प्रेम स्वार्थ बोकेर आउछ

यहाँ बिश्वाशको पोकोमा अबिश्वाश भेटिन्छ, असत्य सत्यको बुइ चढेर आउछ ,अनि प्रेम स्वार्थ बोकेर आउछ

निरन्जन ढकाल

कुनै दिन अपरिचित थियौ दिप अनि म । अपरिचित बाट हामी परिचित भयौ , परिचित ब्वट हामी एक अर्काको साथी भयौ । अनि साथी बाट हामी एक अर्काको मिल्ने साथी भैसकेका थियौ । उ सङ्ग हरेक कुरा साटिन्थ्यो । साना देखी ठुला सम्म । अनि क देखी ज्ञ सम्म । तर उ मलेशिया थियो अनि म नेपाल । भौतिक दुरी हेर्दा हामी एकअर्का सङ्ग धेरै टाढा थियौ , यती टाढा कि उस्लाई छोएर कुनै पवन म सम्म आइपुग्दैन थियो । तर हामिलाई नजिक गराएको थियो मनले अनि यो मित्रताले । उ यती टाढा भएर पनि म उस्लाई मेरो आफ्नै मन भित्र भेट्टाउथिए । म प्रेम गर्न थालेको थिए उस्लाई । कहि कतै यस्तो लाग्थ्यो कि उस्ले पनि मलाई प्रेम गर्छ होला भनेर । तर म उ सङ्ग प्रेममा बाधिन चाहान्न थिए । किनकी यहाँ बिश्वाशको पोकोमा अबिश्वाश भेटिन्छ । असत्य सत्यको बुइ चढेर आउछ । अनि प्रेम स्वार्थ बोकेर आउछ । त्यसैले म डराउन बाध्य थिए , कतै यो प्रेम पनि एउटा धोका त हुने हैन ? यो मनको पोकोमा गाठो पारिदिए अनि लुकाइदिए मेरो प्रेम यही मनको पोको भित्र । तर फेरि म दिपका शब्दहरुमा प्रेम भेट्थे । उस्को बोलिहरुमा प्रेम भेट्थे । उस्ले मलाई हेर्ने त्यो नजरमा प्रेम भेट्थे । सायद मेरो जस्तै उस्को मनमा पनि प्रेम पलाईसकेको थियो । सायद मैले जस्तै उस्ले पनि मलाई उस्को दिलमा सजाइसकेको थियो । मलाई यस्तै आभाश हुन्थ्यो कि दिपले यो रोजिलाई प्रेम गर्न थालिसकेको थियो । कहिले कही उस्ले सोद्थ्यो “खाना खायौ रोजी ? ” म झुट बोलेर भनिदिन्थे ” नाइ छैन । ” उस्ले प्रश्न राख्थ्यो “किन ? ” म निराश हुँदै भन्थे ” मन छैन । ” उस्ले उता बाट घुर्की देखाउथ्यो ” खाउ है नत्र म पनि भोकै बसिदिन्छु । ” उस्ले यसो भन्दै गर्दा म प्रेम भेट्टाउथिए । म सानो सानो घाउ उस्लाई देखाउथे र भन्थे ” हेर न घाउ भयो । दुखिराछ । ” उस्ले फोन बाटै फु -फु गरिदिन्थ्यो अनि सोध्थ्यो ” कम भयो दुख्न । ” म फिस्स हास्दै भनिदिन्थे ” बादर ।” उ पनि मख्ख पर्दै भन्थ्यो ” बादर्नी । ” यो पलहरुमा म उस्को न्यानो प्रेम आभाश गर्थे अनि मन मनै मुस्कुराउथिए । एकान्तमा पनि म उस्लाई सोचेर एक्लै मुस्कुराउन थालेकी थिए । उ सङ्ग गरेका च्याटहरु दोहोराएर पढ्न थालेकी थिए । उस्को तस्विर ज्ञालरिमा सेभ गर्न थालेकी थिए । उ कहिले अन आउछ भन्दै उस्लाईनै कुर्न थालेकी थिए । उ अन न आउन्जेल सम्म यो मनमा बेचेनी हुन्थ्यो , छट्पटी हुन्थ्यो । घन्टौ को कुराकानी पनि छिट्टै सकियो झै लाग्थ्यो । उ सङ्ग जती बोल्यो त्यती नै बोलिरहु जस्तो लाग्थ्यो , उस्लाई जती हेर्यो त्यती नै हेरिरहु लाग्थ्यो । कहिले कही लाग्थ्यो कि भनिदिउ उस्लाई कि ” म यती धेरै माया गर्छु दिप तिमीलाई” भनेर । तर फेरी रोक्थे आफुलाई । भन्दैन थिए ।मैले धेरै सोचे । लाग्यो , दिप परदेशी हो । परदेशिको के भर हुन्छ र ? आखिर यती धेरै टाढा छ उ म बाट । कतै मलाई खेलौना बनाएर रमाउने पो हो कि झै लाग्थ्यो ।मेरो मनमा डर थियो । मैले मन मनै निधो गरे उ सङ्ग टाढिने । अब उ सङ्ग नबोल्ने । अनि उ सङ्ग कुरा नगर्ने । मैले यो मनलाई उस्को मन देखी धेरै टाढा लाने निर्णय गरे । त्यती मिठो उस्को बोली अब कहिल्यै नसुन्ने निर्णय गरे । त्यती प्यारो मुहार अब कहिले पनि नहेर्ने निर्णय गरे । यती छिट्टै यती धेरै नजिक आएको उस्लाई फेरी पर धकेल्ने निधो गरे । उस्लाई फेरी अपरिचित घोसणा गरिदिने निर्णय गरे ।मैले उस्लाई मेसेज गर्न छोडिदिए । उस्लाई कल गर्न छोडिदिए । घरि घरि उस्ले मेसेज गर्थ्यो , घरि घरि उस्ले कल गर्थ्यो, मेरा औंलाअहरु हतारिन्थे , मेसेज रिप्लाई गर्नको निम्ती , उस्को फोन उठाउनको निम्ती । तर म रोकिदिन्थे , ति निर्दोश औंलाहरुलाई पनि । मलाई थाहा थियो , मेरो यो ब्यबहारले उस्लाई निकै नराम्रो लाग्दै थियो । बिना कारण कोही टाढा भैदिदा मन सबै भन्दा धेरै दुख्छ । सायद दिपको पनि मन निकै दुख्यो होला । यो सब गरेर मलाई पनि खुशी कहाँ मिल्यो र ? म बल्ल वल्ल सम्हाल्थे आफ्नो यो मनलाई । म रोइदिन्थे सिरक भित्र आफ्नै मुहार लुकाएर । दिपको तस्विर हजार बार हेर्थे , माफि माग्थे अनि रुन्थे । यता आफ्नो दिल दुखाउ थे अनि उता उस्को दिल दुखाउथे । ३ दिन जती यसै गरी बित्यो । तर उस्ले कल अनि मेसेज गर्न छोडेन । एक्दिन उस्ले मेसेज गर्‍यो” रोजी , थाहा छैन कुन गल्तिको सजाए भोग्दै छु । के गलत गरे मैले कि मलाई अचानक यती धेरै घृणा गर्न थाल्यौ ? आज बाट यो दिप मर्यो तिम्रो लागी । म थाके रोजी । मलाई माफ गरिदिनु । आज बाट तिमीलाई दुख दिने मेरो यो कल अनि मेसेज केहि पनि आउने छैन तिमीलाई ।म त सक्दिन तर बिन्ती तिमी मलाई ब्लक गरिदेउ है रोजी । ” उस्को यो मेसेजले मन चसक्क चस्कियो । कता कता दुखे झै भयो ।बर्सियो आशु थोपा थोपा । हत्केलाले आशु पुछ्न थाले । मैले उस्को मन दुखाए । जस्लाई प्रेम गरे उसैलाई दुखाए ।म कती स्वार्थी भएको थिए । म कती निर्दयि भएको थिए । लामो सुस्केरा ताने । र सोच्न लागे उस्लाई ब्लक गरौ या नगरौ ?

भाग दुइ पनि पढ्नुहोस

छोटो समयमै उ एउटा यस्तो आदत बनिसकेको थियोकी जस्लाई म स्वयमलेनै चाहेर पनि बदल्न सक्दैन थिए । उस्को आगमन सङ्गै धेरै कुराहरु बाहिरिएका थिए । हराएको थियो मेरो एक्लोपन्, मेरो दुख सबै हराएको थियो । मैले आफुलाक एक्लो भेट्न छोडिसकेको थिए । मैले उस्लाई मनमा राखिसकेको थिए । एउटा आत्मिय साथी बनिसकेको थियो दिप मेरो लागी । आज्कल उस्को नाम मात्र पनि प्यारो लाग्न थालिसकेको थियो । हामी बिच धेरै कुरा हुन थाले । मेरो मात्र होइन सायद उस्को पनि म आदत बनिसकेको थिए । मनमा उस्लाई भेट्ने रहर जाग्थ्यो , तर उ परदेशी थियो । परदेशको भुमिमा पसिना बेच्दै थियो । उ खुशी खोज्न परदेश गएको थियो । उ पनि त्यही मदन थियो , जो धन कमाउन परदेशी भएको थियो । एक दिन कुरै कुराको बिचमा उस्ले सोध्यो” रोजी एउटा कुरा सोधुम तिमीलाई ? ”

म :- दिप के हो र त्यस्तो कुरा ?

म सङ्ग पनि अप्ठेरो लाग्छ र ? सोधन ।

उ :- तिम्रो बोयफ्रेन्ड छ ? यस पटक मैले झुट बोल्ने निर्णय गरे । झुट बोले ” छ नि । ” उ :- वाउ बधाइ छ । उस्को फोटो हेरौ न मिल्छ भने । उस्को यो अनुरोधले मलाई गाह्रो बनायो । आखिर मेरो प्रेमी कोही थिएन ।अब कस्को फोटो पठाउ उस्लाई ? म सोच्न थाले । झट पट दिमागमा बद्मासी आयो । मैले उस्कै तस्विर सेभ गरे फेस्बुकबाट अनि उस्कै तस्विर उस्लाईनै पठाउदै भने ” ल हेर त मेरो प्रेमी ? ह्यान्ड्सम छ है । ” मेरो कुराको जवाफ दिनु को साटो उ बेजोडले हास्यो अनि भन्न लाग्यो ” बादर्नी । यो त म हो नि । ” मैले जिस्काउदै सोधे ” किन मलाई माया गर्दैनौ र ? ” मेरो प्रश्नमा उस्को जवाफ आयो ” के भयो रोजी आज ? तिमी ठिक त छौ ? ” मैले कुरा सच्याउदै बोले ” हेहे ! जिस्केको मात्र । त्यस्तो नसोच न । ” उस्ले पनि फिस्स हास्दै भनिदियो ” उम्म मलाई थाहा छ । ” तर यो झुट थिएन । कही न कही अनि कतै न कतै यो मनको कुनै कुनामा उस्को निम्ती माया पलाउन सुरु भैसकेको थियो ।

हो उस्लाई माया गर्न थालिसकेको थिए ।त्यसैले त म उसै सङ्ग बोलिरहन्थे । जव बोल्दैन थिए उस्लाईनै खोजिरहन्थे । कहिले कही बोल्न नपाउदा , मन छट्पटाउन थाल्थ्यो । मैले दिनमै हजार पल्ट उस्को प्रोफाइल हेर्थे , त्यहाँ भएका उस्का तस्विर नियाल्दै , आफ्नो तक्दिरमा उस्को नाम लेखाउने कोशीश गर्थे । तर म प्रेम गर्न तयार थिइन । किनकि म सङ्ग एउटा डर थियो । प्रेमको डर । अझ भनौ झुटो प्रेमको डर । उस्लाई त मैले फेस्बुकमा भेटेको , फेस्बुकमै देखेको तर बास्तविक्तामा न त देखेको थिए , न त भेटेको नै थिए । अनी यो सताब्दी , यो त झुट मौलाएको सताब्दी हो । त्यसैलेत यहाँ धेरै कुरा झुट हुन्छ ,असत्य हुन्छ । अनि प्रेम पनि अप्रेम हुन्छ। म डराउन थालेको थिए , म उ सङ्ग प्रेम गरौला , तर उस्ले म सङ्ग प्रेमको नाटक गर्‍यो भने ? के म पनि ति अरु प्रेमी जस्तै रुनु , कराउनु ? कि कुनै डोरी सुर्केनो पारेर घाटिमा लगाउनु ? कि त बिष पिउनु ? म चाहान्न थिए कि मेरो मायाको बदलामा मलाई पनि अरुलाई जस्तै घात , पिडा , आशु मिलोस । मायाले खुशी दिन्छ भने पो माया लाउनु पर्छ ।

दुखै पाउन त आखिर किन माया लाउनु पर्‍यो ?मायाले त रोएको मुहार हसाउन सक्नु पर्‍यो , हासेको मुहार रुवाउन आखिर किन माया लगाउनु ? तर यो मन बाधेर कहाँ बाधिदो रहेछ र ? यो मन रोकेर कहाँ रोकिदो रहेछ र ? मनले कतै न कतै दिपको निम्ती माया बटुल्न थालीसकेको थियो । यो मनमा प्रेमको बृक्षारोपन भैसकेको थियो । तर म लुकाउदै थिए , दिप सङ्गबाट दिपलाई नै गरेको प्रेम ।म चाहान्न थिए उस्ले मेरो प्रेम देखोस , उस्ले मेरो प्रेम बुझोस , अनि यो मेरो प्रेमको गलत फाइदा लिगोस । समय बित्दै गयो । अशोज १५ देखी बोलेको हामी । पौष महिना सम्म पुगिसकेका थियौ । यो यात्रा मिठो थियो , मह भन्दा पनि मिठो , मिठाइ भन्दा पनि मिठो । मेरो एक्लोपन हराइसकेको थियो । आज्कल म एक्लो हुन्थे त त्यती बेला मात्रै जव दिप कतै व्यस्त हुन्थ्यो अनि म सङ्ग बोल्दैन थियो ।