११ जिल्लालाई कोरोना उच्च जोमिखबाट तत्काल नहटाइने

११ जिल्लालाई कोरोना उच्च जोमिखबाट तत्काल नहटाइने

भारतको दिल्ली प्रदेशका ११ जिल्लालाई उच्च जोखिमको सूचि (रेड जोन) बाट तत्काल नहटाइने भएको छ ।

दिल्ली प्रदेशका स्वास्थ्य मन्त्री सत्यन्द्र जैनले यही मे १७ तारिखसम्म ११ जिल्लालाई उच्च जोखिमको सूचिबाट नहटाइने जानकारी दिए ।

“दिल्लीका ११ जिल्लालाई हामीले यही मे १७ सम्म उच्च जोखिमका जिल्लाको सूचिमा राखिने छ,” उनले भने । कुनै पनि जिल्लामा कोरोनाभाइरसबाट संक्रमित विरामीको संख्या दशभन्दा बढी भएमा त्यस जिल्लालाई उच्च जोखिमको जिल्लाका रुपमा सूचिकृत गरिने व्यवस्था रहेको पनि उनले जानकारी दिए ।

केन्द्रीय स्वास्थ्य मन्त्रीले पनि शुक्रबार देशभरका १३० जिल्ला उच्च जोखिमपूर्ण जिल्लाको सूचिमा रहेको बताएका थिए । यही मे ४ तारिखदेखि देशव्यापी लकडाउनको म्याद फेरी थप्ने निर्णय भएकैदिन उनले रेड जोनमा रहेका जिल्लाहरुको सूचि बनाइएको जानकारी दिए ।

उनका अनुसार देशभरका २८४ जिल्लालाई “ओरेन्ज जोन” र ३१९ जिल्लालाई “ग्रिन जोन”का रुपमा सूचिकृत गरिएको छ । मन्त्री जैनले केन्द्रीय राजधानी प्रदेशमा कोरोनाभाइरसबाट संक्रमितको संख्या शनिबारसम्म तीन हजार ७३८ पुगेको जानकारी दिए ।

उनले भने “अहिलेसम्म दिल्लीमा तीन हजार ७३८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्, ती मध्ये २२३ जना त हिजो मात्रै थपिएका हुन् ।”उनका अनुसार कुल सङ्क्रमित मध्ये झण्डै ३२ प्रतिशत अर्थात एक हजार १६७ जना अहिले संक्मणमुक्त भइसकेका छन् ।

देशभरी संक्रमितको संख्या भने ३७ हजार ३३६ पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण भारतभर गएको २४ घन्टायता ७१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २१८ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गएको २४ घन्टायता भारतमा २ हजार २९३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । भारतभर गएको २४ घन्टायता संक्रमितको संख्या हालसम्मको नै सब भन्दा बढी भएको मन्त्रालयले जनाएको छ ।

दैनिक रुपमा सङ्क्रमित हुने र मुत्यु हुनेको संख्यामा कमी नआएपछि सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय शुक्रबार गरेको हो ।

यो पनि पढ्नुहोस

कञ्चनपुरको सीमावर्ती भारतीय क्वारेन्टाइनमा बस्ने नेपालीहरुले सरकारले आफूहरुमाथी विभेद गरेको गुनासो गरेका छन् ।

धार्चुलाको क्वारेन्टाइनमा बसेका नेपालीलाई सरकारले स्वदेश ल्याएपनि आफूहरुलाई नल्याएको भन्दै उनीहरुले गुनासो गरेका हुन् ।

सरकारले टनकपुर र बनबासास्थित क्वारेन्टाइनमा बसेका नेपालीहरुलाई भने नेपाल भित्रिन दिएको छैन ।

सरकारले एउटै देशका नागरिकलाई विभेद गरेको भन्दै आक्रोश पोखेका छन् । उनीहरुले धार्चुलाका नेपालीहरु जस्तै आफूहरु पनि नेपाल फर्कन पाउनु पर्ने माग गरेकाछन् ।

कञ्चनपुरमा प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले भने भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई दुबै देशको समझदारीमा नेपाल ल्याउने तयारी भई रहेको जानकारी दिए । बनबासा र टनकपुरस्थित क्वारेन्टाइनमा २ सय २ जना नेपालीहरु छन् ।