नेपालको परम्परागत आयुर्वेद उपचार पद्धति कोरोनाको वैकल्पिक उपचार

नेपालको परम्परागत आयुर्वेद उपचार पद्धति कोरोनाको वैकल्पिक उपचार

नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)लगायत अन्य भाइरस लाग्न नदिने पूर्वरोकथामका रूपमा आयुर्वेद उपचार पद्धति अपनाउन वैधानिक बाटो खुला गरेको छ । आयुर्वेद तथा वैकल्पिक उपचारसम्बन्धी निर्दे्शिका जारी गरी सरकारले सातै प्रदेशमा अवलम्बन गर्न निर्देशन दिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारी रोक्न यति बेला नेपालले बन्दाबन्दी (लकडाउन) नीति अपनाएको छ । विश्वमा कोरोना भाइरसको कुनै उपचार पद्धति, खोप र औषधि बनिसकेको छैन् । त्यसैले हरेक मुलुक क्वारेन्टाइन र आइसोलेसनमा बसेर आधुनिक चिकित्साको हल्का उपचार पद्धति अपनाउन बाध्य छ ।

नेपालमा भने हजारौँ वर्षदेखि चलिआएको सांस्कृतिक तथा परम्परागत आयुर्वेद उपचार पद्धतिमा कोरोनालगायतका अन्य भाइरस लाग्न नदिने गुण रहेका कारण निर्देशिका जारी गरी उपयोग गर्न भनिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

यो पनि पढ्नुहोस

पारिजात : फूल एक फाइदा अनेक

पारिजातको फूल सुन्दरता र सजावटमा मात्र होइन, स्वास्थ्यका लागि समेत लाभदायी सिद्ध भएको छ ।

अंग्रेजीमा नाइट जस्मिन् भनिने पारिजात फूलका विभिन्न फाइदाहरु रहेका छन् । यहाँ हामीले केही फाइदाहरु उल्लेख गरेका छौं ।

– पारिजात फूलको विशेष महत्व छ । यसले मुख्य गरी तपाईंको जीवनमा तनाव हटाउन मद्धत गर्दछ । यतिमात्र होइन त्यसको वास्नाले नै मनमा खुशी पैदा गराउँछ । साथ साथै सुगन्धले मस्तिष्कलाई शान्त पार्छ ।

– पारिजातको फूल राति मात्र फुल्दछ । विहान हुनासाथ जमिनमा खस्न थाल्छ । यो पनि मानिन्छ कि, पारिजातको वृक्षलाई छोए मात्र पनि थकाई मेटिन्छ ।

– पुराणमा उल्लेख भए अनुसार, पारिजातको वृक्ष तथा फूलले शान्ति तथा समृद्धि ल्याउने कुराको वर्णन गरिएको छ । तर पारिजातको वृक्ष उक्त व्यक्तिको घरमा भएमात्र त्यो सम्भव हुने विश्वास गरिन्छ ।

– आयुर्वेद अनुसन्धान अनुसार १५ देखि २० वटा पारिजातको फूलको रस बनाएर पिएमा हृदय रोगहरु निको हुने बताइन्छ ।