लकडाउनको अवधि दुई साता थप्ने निर्णय

लकडाउनको अवधि  दुई साता थप्ने निर्णय

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भारतले लकडाउनको अवधि दुई साता थप गरेको छ ।

यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएकाे बीबीसीले जनाएको छ ।

भारतको केन्द्रीय गृह मन्त्रालयले लकडाउनको अवधि दुई हप्ता बढाउने घोषणा गरेको जनाइएको छ । मन्त्रालयले स्थानीयलाई विहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अत्यावश्यक काम बाहेकमा घर बाहिर ननिस्किन अनुरोध गरेको छ ।

भारतमा गत मार्च २५ अर्थात चैत १२ देखि लकडाउन गरिएको हो। लकडाउनका बाबजुद् भारतमा कोरोनाभाइरस संक्रमितको संख्या भने दिनदिनै बढिरहेको छ।

शुक्रबारसम्म त्यहाँ ३५ हजार बढी मानिसलाई संक्रमण पुष्टि भएको छ भने १ हजार १५० जनाको ज्यान गएको छ।

यो पनि पढ्नुहोस

बाँकेमा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि बाँके प्रशासनले उच्च सतर्कता अपनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्थित उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठकले कोरोना सङ्क्रमणको आशंकामा नेपालगञ्जका चार स्थान बन्द गरेको छ ।

बाँके प्रशासनले नेपालगन्जको डिएसपी रोड, धम्बोझी, एकलैनी र महेन्द्र पार्क आसपासका क्षेत्र बन्द गरेको छ । नेपालगञ्जका यी क्षेत्र साँघुरा र घनाबस्तीयुक्त हुन् ।

लकडाउनमा मस्जिदमा नमाज तथा अजानका क्रममा नियमित आवतजावत गर्न समस्या पर्ने हुँदा संक्रमित व्यक्ति रमजानको शुरुआतीसँगै उक्त मस्जिदमा बस्ने गरेको बुझिएको छ ।

सोही मस्जिदका इमामको परीक्षण गर्दा उनको रिपोर्ट भने नेगेटिभ आएको छ । कोरोना संक्रमित उनी लकडाउन शुरु हुनुअघि भारतको नानपारालगायत ठाउँमा गएका थिए । उनको स्वास्थ्यावस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।

भारतको सीमा क्षेत्र बहराइचबाट करीब एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट झन्डै ६०० जना भागेका थिए । यी संङ्क्रमित पनि भाग्नेमध्ये भएको प्रहरी स्रोतले बताएको छ ।

प्रशासनका अनुसार संक्रमित व्यक्ति डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक आउजाउ गर्दै आएका थिए ।

उनका श्रीमती र छोरा तथा नजीकका छिमेकीको पनि कोरोना जाँच गरिने भएको छ । नेपालगञ्ज धम्बोझीका अर्का एक युवकमा पनि सङ्क्रमणको आशंका गरिएपछि सो क्षेत्र बन्द गरिएको हो । ती युवक धम्बोझीस्थित मस्जिदमा बस्दै आएका थिए । डुडवा गाउँपालिकाकाका उनी लामो समयदेखि घर छाडेर मस्जिदमा बस्दै आएका छन् ।

उनलाई पनि खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइसोलशनमा राखिएको छ । उक्त मस्जिद लकडाउनपछि बन्द गरिएको थियो । उनको पनि बिहीबार स्बाब संकलन गरी जाँच गरिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

प्रहरीको स्कर्टिङ्गमा एम्बुलेन्समा राखेर उनलाई खजुरास्थित आइसोलेशन वार्डमा लगिएको हो । सङ्क्रमित एम्बुलेन्ससम्म सामान्यरुपमा हिँडेरै आएका थिए ।

सङ्क्रमितले नेपालगञ्ज –८ स्थित मस्जिदमा सहायकका रुपमा काम गर्दै आएको बुझिएको छ । रमजान शुरु हुनु केही दिन अघि मात्र उनी मस्जिदमा गएर बसेको बुझिएको छ ।

लकडाउनका अवधिमा मस्जिदमा नमाज तथा अजानका क्रममा नियमित आवतजावत गर्न समस्या पर्ने हुँदा उनी रमजानको शुरुवातीसँगै मस्जिदमा बस्थे । मस्जिदका इमामको परीक्षण गर्दो रिपोर्ट नेगेटिभ आएको छ ।