केन्याः गरिबीले थिचिएकी आमाले ढुङ्गा उमालेर बच्चालाई फकाइन्

केन्याः गरिबीले थिचिएकी आमाले ढुङ्गा उमालेर बच्चालाई फकाइन्

कोरोना संकटले केन्यामा एक महिलालाई यति गरिब बनाइदियो कि उनले आफ्ना बच्चालाई फकाउनका लागि ढुङ्गा उमालेर खाना पकाएको भन्दै नाटक गर्नुपरेको थियो ।

आठ सन्तानकी यी महिलाको नाम पेनिना बहानी कित्साओ हो । पेनिना अशिक्षित र विधवा हुन् । उनी मानिसहरुको कपडा धोएर आफ्नो र आफ्ना बालबच्चाको पेट पाल्थिन् तर कोरोना संक्रमण फैलिएपछि उनको काम ठप्प भयो ।

पेनिनाका लागि गरिबी र मुश्किल यति बढ्यो कि उनीसँग आफ्ना बच्चाका लागि खुवाउन केही पनि थिएन । त्यसकारण उनले आफ्नो बच्चालाई फकाउनका लागि ढुङ्गा उमाल्न सुरु गरिन् । पेनिनाले सोचिन् कि आमाले केही पकाएको देखेर बच्चाहरु कुर्दाकुर्दै निदाउनेछन् ।

एक छिमेकी उनको बच्चाहरु रोएको सुनेर केही समस्या त छैन भनेर हेर्न पुगिन् । त्यहाँ उनले जे देखिन् त्यसको भिडियो बनाइन् र यसबारे मिडियालाई जानकारी दिइन् ।

पेनिनाको कहानी सुनेर मानिसहरुले उनीहरुका लागि पैसा जम्मा गरिदिए । उनलाई केन्याभरीका मानिसहरुले फोन गर्न थाले । पेनिनाका एक छिमेकीले उनको बैंक अकाउन्ट खोलिदिए जसमार्फत् उनले पैसा पाइन् ।

पेनिनाले भनिन्, ‘मैले कहिले पनि सोचेकी थिइनँ कि केन्याका मानिसहरु यति सहयोगी हुन्छन् ।’

आफूमाथि सहयोग आउनुलाई उनी चमत्कारको संज्ञा दिन्छिन् । उनले भनिन्, ‘मेरा सन्तानलाई थाहा भयो कि मैले ढुङ्गा पकाएर उनीहरुलाई फकाउने कोसिस गरिरहेकी छु । तर मसँग अर्को कुनै विकल्प पनि थिएन ।’

केन्यामा हालसम्म ३ सय ९५ संक्रमित भेटिएका छन् भने १९ जनाको मृत्यु भइसकेको छ ।

स्रोतः बीबीसी

यो पनि पढ्नुहोस

रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिन कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

रुसमा ७ हजार ९९ नयाँ संक्रमित थपिएर कोरोना संक्रमतिको संख्या १ लाख पुगेकै दिन रुसी प्रधानमन्त्रीमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणपछि बिरामी परेका उनलाई अस्पताल भर्ना गरिएको छ ।

गत जनवरीबाट प्रधानमन्त्रीको जिम्मेवारी निभाएका मिखाइल कोरोना महामारी नियन्त्रणमा सक्रिय रुपमा काम गर्दै आएका थिए ।

उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बताउँदै गरेको रुसी टेलिभिजनमा देखाइएको छ ।

प्रधामन्त्री मिखाइल अस्पतालमा रहँदा उपप्रधानमन्त्री एन्ड्री बेलोउसोभले प्रधानमन्त्रको जिम्मेवारी सम्हालेका छन् । 

रुसमा कोरोना संक्रमित हुने प्रधानमन्त्री मिशुस्तिन पहिलो उच्च तहका नेता हन् ।

पछिल्लो तथ्यांक अनुसार रुसमा कोरोना संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ९८ र मृत्यु हुनेको संख्या १ हजार ७३ पुगेको छ ।