लकडाउनमा चम्काइँदै भरतपुरका सडक

लकडाउनमा चम्काइँदै भरतपुरका सडक

भरतपुरका सडकहरुलाई चिटिक्क बनाउने काम भइरहेको छ । सामाजिक दूरी कायम गरेर भरतपुरका मुख्य सडकहरुमा सडक चिन्ह लगाउने, जेब्राक्रसिङ्ग बनाउने काम हुदा सडक चिटिक्क देखिन थालेको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका सुचना अधिकारी इन्जिनियर कृष्ण प्रसाद आचार्यले ‘लकडाउन’ का कारण सबै विकास निर्माण ठप्प हुँदा मुख्य सडकमा चिन्ह लगाउने काम भै रहेको बताए । धेरै जनशक्ति र उपकरण नचाहिने हुँदा यो समयमा आफुहरुले यस्तो कामलाई प्राथमीकतामा राखेको उनी बताउछन् ।

पुर्व पश्चिम राजमार्ग अन्तरर्गत भरतपुरको हाकिम चोक देखि नारायणगढको पुलचोक सम्म सडकमा चिन्ह लगाईने र जेब्राक्रसिङ्ग चिन्ह प्रस्ट बनाउने काम भएको छ । सामान्य अवस्थामा सवारीसाधनको चाप बढी हुने भएपनि अहिले सडक खाली हुँदा काम गर्न सजिलो छ ।लकडाउनका समयमा सडक चिन्ह लगाउने कामका कारण सडक पनि चिटिक्क देखिएका छन् ।