कोठा भाडामा बस्ने विद्यार्थीलाई उद्योग वाणिज्य संघ चितवनको राहात

कोठा भाडामा बस्ने विद्यार्थीलाई उद्योग वाणिज्य संघ चितवनको राहात

उद्योग वाणिज्य संघ चितवनले विद्यार्थीलाई राहत वितरण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को प्रकोप रोक्न सरकारले गरेको लकडाउन प्रभावित चितवनका विद्यार्थीलाई राहत वितरण गरिएको हो । देशका विभिन्न जिल्लाबाट चितवन आएर कोठा भाडामा लिई बसोबास गरेर अध्ययन गरिरहेका र समस्यामा परेका विद्यार्थीलाई राहत वितरण गरिएको संघका अध्यक्ष राजु श्रेष्ठले बताए ।

संघ मार्फत आज ८५ जना विद्यार्थीलाई प्रति विद्यार्थी चामल ७ केजी,तेल १÷२ लिटर ,प्याज १ केजी र आलु २ केजीका दरले वितरण गरिएको थियो ।