बहराइनमा एकै दिन ३१ नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १५७ पुग्यो

बहराइनमा एकै दिन ३१ नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १५७ पुग्यो

बहराइनमा थप ३१ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको छ ।

योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या १५७ जना पुगेको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ । यसअघि १२६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो ।

बहराइन सरकारले सबै नेपालीको आफ्ना नागरिक सरह नै उपचार गरिरहेको र अवस्था सामान्य रहेको दूतावासको भनाइ छ ।

यस्तै, दूतावासले कोरोनाका कारण समस्या पर्ने नेपाली श्रमिकलाई आफ्नो विवरण टिपाउन अनुरोध गरेको छ । समस्यामा पर्ने नेपालीको एकीकृत विवरण लिने र समस्या समाधानका लागि सहजीकरण गर्न समस्यामा परेका नेपालीको विवरण सङ्कलन गर्न लागिएको दूतावासले जनाएको छ । आफूलाई परेको समस्या अनलाइनमार्फत भर्न सकिने पनि दूतावासले जनाएको छ ।

अनलाइन फारम भर्न यहाँ क्लिक गर्नुहाेस्

साथै, समस्यामा पर्ने नेपाली श्रमिकलाई विवरण टिपाउनका लागि पहल गर्न दूतावासले बहराइनमा रहेका नेपाली समुदाय र संघसंस्थालाई पनि आग्रह गरेको छ । बहराइनमा झण्डै ३० हजार नेपाली कार्यरत छन् ।