नवलपरासीमा कार दुर्घटना, चालकको मृत्यु

नवलपरासीमा कार दुर्घटना, चालकको मृत्यु

नवलपरासीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बर्दघाटबाट त्रिवेणी जाँदै गरेको बा १२ च २००९ नम्बरको कार दुर्घटना हुँदा चालक हरि भुर्तेलको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

दुर्घटनमा बर्दघाट नगरपालिका ४ निवासी रामप्रसाद पाण्डे र गोकर्ण शर्मा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि भरतपुर पठाइएको छ ।