कोरोना संक्रमण : आज अमेरिकापछि बेलायतमा धेरैले ज्यान गुमाए

कोरोना संक्रमण : आज अमेरिकापछि बेलायतमा धेरैले ज्यान गुमाए

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र रुपमा देखिएको छ ।

केही दिन यता संक्रमण र मृत्युदर घट्दो क्रममा रहेको बेलायतमा पुनः बढेको छ । आजको तथ्यांक हेर्ने हो भने अमेरिका पछि बेलायतमा सबैभन्दा धेरैले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार २०१ जनाले ज्यान गुमाएका थिए भने बेलायतमा ६७४ जनाले ज्यान गुमाएका छन् ।

बेलायतमा पछिल्लो २४ घण्टामा ६७४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २६ हजार ७७१ पुगेको छ ।

बेलायतमा एकैदिन ६ हजार ३२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ७१ हजार २५३पुगेको छ ।

बेलायतमा संक्रमितमध्ये १ लाख ४४ हजार १३८ जना उपचाररत छन् । १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणले हाल विश्व त्रसित बनेको छ ।