कोरोना संक्रमितको आँखाबाट पनि भाइरस फैलन सक्ने खतरा रहेको एक अध्ययनको दावी

कोरोना संक्रमितको आँखाबाट पनि भाइरस फैलन सक्ने खतरा रहेको एक अध्ययनको दावी

कोरोना संक्रमितको आँखाबाट पनि केही हप्तासम्म भाइरस फैलन सक्ने खतरा रहेको एक अध्ययनले देखाएको छ ।

इटालीको नेशनल इन्स्टीच्युट फर इम्फेक्सन डिजिज रिसर्चले हालै गरेको अध्ययनले कोरोना संक्रमित व्यक्ति निको भइसक्दा पनि उसको आँखामा २१ दिनपछि भाइरस जिवित रहेको देखाएको हो ।

अध्ययनमा कोरोना संक्रमणबाट निको भएको व्यक्तिको आँखाको रंग गुलाबी र रातो देखिएपछि गरिएको अनुसन्धानबाट भाइरस जिउँदै भएको पाईएको छ ।

अमेरिकामा केही कोरोना संक्रमितहरुमा अन्य लक्षणहरु देखा नपरे पनि आँखाको रंग गुलाबी र रातो पाईएको थियो ।

यस्ता व्यक्तिहरुको आँसुबाट भाइरस फैलन सक्ने सम्भावना तीब्र रहेको भन्दै सेन्टरले आँखाको रंग परिवर्तन भएकाहरु सबैको परीक्षण आवश्यक रहेको जनाएको छ ।

विशेष गरी खोक्दा र हाछ्यूं गर्दा कोरोना भाइरस सर्ने भए पनि आँखाबाट सर्ने खतरा पनि बढेको भन्दै सचेत रहन अपिल गरिएको छ ।