माडी नगरपालिकाद्वारा माडी भित्रिने र बाहिरिने यात्रुको उद्दार

माडी नगरपालिकाद्वारा माडी भित्रिने र बाहिरिने यात्रुको उद्दार

बैशाख १५, लकडाउन लम्बिए संगै माडी भित्र र बाहिर अलपत्र परेका यात्रुहरुलाइ माडी नगरपालिकाले उद्दार गरेको छ।लामो समय देखि माडी भित्र अलपत्र परेका यात्रुहरुलाइ आफ्नो-आफ्नो गन्तब्यमा पठाइएको मेयर ठाकुर ढकालले जानकारी दिनुभयो।लकडाउनका कारण समस्यामा परेका भरतपुरस्थित माडीबासीहरुलाई फिर्ता लैजान तथा माडीमा रहेका भरतपुर जानुपर्नेहरुलाई पठाउन प्रत्येक वडामा बसको ब्यबस्थापन गरि उद्दार गरिएको ढकालले बताउनुभयो।

ढकालका अनुसार माडीबाट करीब ६०० जना भरतपुरतर्फ आएको तथा भरतपुरबाट अन्दाजी ५०० जना माडी भित्रिएका छन् ।


माडीबाट बाहिरिनेमा वडा नं १ बाट करीब १०० जना, वडा नं २ बाट ७० जना, वडा नं ३ बाट ८५ जना,वडा नं ४ बाट २५,वडा नं ५ बाट ८०,वडा नं ६ बाट ७०,वडा नं ७ बाट करीब १००,वडा नं ८ बाट ३५ र वडा नं ९ बाट पनि ३५ जना रहेका छन् ।

त्यसैगरी माडी भित्रिनेहरुमा वडा नं १का करीब १००, वडा नं २ का ९५, वडा नं ३ का ६५,वडा नं ४ का ३४,वडा नं ५ का २२, वडा नं ६ का ३०,वडा नं ७ का ९५, वडा नं ८ का ३३ र वडा नं ९ का ३० जना रहेको सम्बन्धित वडा कार्यालयले जनाएका छन् । भरतपुरबाट माडी जाने सबैलाई कसरास्थित कोरोना हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गरी आवश्यकता अनुसार क्वारेन्टाइन सेन्टरमा रहनेगरी माडी भित्र्याइएको नगरस्तरीय कोरोना नियन्त्रण समन्वय समितिको निर्णय रहेको छ ।