धेरै सपना बोकेर अमेरिका पुगेका नेपाली युवा कोरोनाको कारण सदाको लागि अस्ताय

धेरै सपना बोकेर अमेरिका पुगेका नेपाली युवा कोरोनाको कारण  सदाको लागि अस्ताय

लामो समयदेखि अमेरिकामा बस्दै आएका विराटनगरका एक व्यक्तिको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको छ । विराटनगर महानगरपालिका घर भइ विगत २० वर्षदेखि अमेरिकामा बस्दै आएका ती व्यक्तिको कोरोना भाइरस सङ्क्रमणको कारण ज्यान गएको हो । तीन हप्ताअगाडि सामान्य बिरामी भएका उहाँ एक हप्ता अगाडि कोलोराडोमा राज्यमा रहेको पब्लिक अस्पतालमा उपचारको लागि भर्ना हुनुभएको थियो । उहाँको उपचारको क्रममा ज्यान गएको उहाँका परिवारका सदस्य ले जानकारी दिएका हुन् ।