खुसीको खबर अब नेपालका कोरोना बिरामीको उपचार रोबर्टले गर्ने

खुसीको खबर अब नेपालका कोरोना बिरामीको उपचार रोबर्टले  गर्ने

कोरोना भाइरसका ३० जना संक्रमितको उपचार भइरहेको कोशी अस्पताल विराटनगरमा रोबर्टबाट खाना र औषधि दिन सुरू गरिएको छ ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार संक्रमण नफैलियोस भनेर चिकित्सक तथा विरामीलाई रोवर्टबाट खाना र औषधि पुर्‍याउँन सुरू गरिएको हो ।

उक्त रोवर्टले किटनाशक औषधिसमेत छर्कर्दै गन्तव्यसम्म पुग्ने मेयर पराजुलीले जानकारी दिए ।

महानगरपालिकाको सहयोगमा निर्माण गरिएको उक्त रोवर्ट आइतबार अस्पताललाई हस्तान्तरण गरिएको पराजुलीले जानकारी दिए ।