कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकालाई कोरिया पठाउने सरकारको निर्णय

कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकालाई कोरिया पठाउने सरकारको निर्णय

सरकारले कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरुलाई कामका लागि कोरिया पठाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले तत्कालको लागि अरु देशमा कामदार पठाउन रोक लगाए पनि कोरिया जान भने खुला गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजान अनुमति दिने निर्णय भएको जानकारी दिए ।