वीरगञ्जमा र्यापिड टेस्टमा पोजेटिभ देखिएकी २३ वर्षीय युवतीको मृत्यु, वीरगञ्ज क्षेत्रमा आवागमनमा कडाइ

वीरगञ्जमा र्यापिड टेस्टमा पोजेटिभ देखिएकी २३ वर्षीय युवतीको मृत्यु, वीरगञ्ज क्षेत्रमा आवागमनमा कडाइ

आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएकी वीरगञ्जकी एक युवतीको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१० अशोकबाटिका टोलकी २३ वर्षीया एक युवतीको ज्यान गएको हो ।

ब्लड क्यान्सर रोगबाट पीडित युवतीको तीन पटक आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि उपचारका क्रममा भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको हो । हिजो बिहानैदेखि युवतीको स्वास्थ्यमा समस्या देखिएपछि वीरगञ्जमै रहेको तराई हस्पिटलमा पुर्याइएको थियो ।

युवतीको कारोना टेष्ट गर्दा पोजेटिभ रिपोर्ट आएपछि नारायणी अस्पतालका चिकित्सकको टोली त्यहाँ पुगेको थियो । मृत्युको कारण यकिन गर्न युवतीको थ्रोट स्वाब संकलन गरेर पिसिआर परीक्षणको लागि हेटौँडास्थित प्रयोगशालामा पठाइएको छ ।

युवतीको मृत्युसँगै वीरगञ्जको अशोकबाटिका टोलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।