लकडाउन हटाउने, केही खुकुलो बनाउने वा निश्चित क्षेत्रहरू तोकेर फरक–फरक तरिका अपनाउने

लकडाउन हटाउने, केही खुकुलो बनाउने वा निश्चित क्षेत्रहरू तोकेर फरक–फरक तरिका अपनाउने

सरकारले देशव्यापी ‘लकडाउन’ अझै एक साता थप्ने तयारी गरेको छ । लकडाउन थप्ने विषयमा निर्णय गर्नका लागि मन्त्रिपरिषदको बैठक आज बस्दैछ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन तत्कालै हटाउन नहुने सुझाव दिएपछि सरकारले एक साता बढाउन लागेको हो ।

कार्यदलले वैशाख १५ गतेपछि एक साता लकडाउन बढाउनुपर्ने र त्यसपछि नयाँ मोडेलमा जानुपर्ने सुझाब सरकारलाई दिएको छ । लकडाउन क्षेत्रगत रूपमा खुकुलो पर्न पनि समितिले सरकारलाई सुझाव दिएको छ । स्वास्थ्योपचार, कृषि र अत्यावश्यक खाद्यान्न पाइने पसलहरुमा लकडाउन खुकुलो पार्नुपर्ने सुझाव आएको छ ।

लकडाउन हटाउने, केही खुकुलो बनाउने वा निश्चित क्षेत्रहरू तोकेर फरक–फरक तरिका अपनाउने विकल्पमा पनि मन्त्रीपरिषदमा छलफल हुने बताइएको छ ।

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले देशैभर ‘लकडाउन’ गरेको एक महिना नाघिसकेको छ । चैत ११ मा सात दिनलाई भनिएको लकडाउन पटक–पटक थप्दै लगेर पाँच साता पु¥याइएको छ ।