‘सेक्स’ चाहना महिलालाई राति र पुरुषलाई विहान किन बढी हुन्छ ? यस्तो रहेछ रहस्य

‘सेक्स’ चाहना महिलालाई राति र पुरुषलाई विहान किन बढी हुन्छ ? यस्तो रहेछ रहस्य

‘जसरी जीवनमा खाना, निन्द्रा र अन्य दैनिक काम जरुरी छ, सेक्स पनि त्यतिकै जरुरी छ । धेरैलाई सेक्स कतिबेला गर्नुपर्छ भन्ने नै थाहा छैन ।

अमेरिकन मेडिकल एसोसिएसनमा भएको एक अनुसन्धानमा पुरुष बिहानको समयमा यौन गर्न बढी इच्छुक हुने रहस्य खुलेको छ । तर, ठीक उल्टो महिला भने मध्यरातमा बढी रोमान्टिक हुने र यौन सम्पर्क गर्न रुचाउने तथ्य सार्वजनिक भएको छ ।’

‘उक्त अनुसन्धानका अनुसार यस्तो हुनुको पछाडि हर्मोनले भूमिका खेल्ने गर्दछ । हर्मोनकै कारण महिला राति बढी रोमान्टिक हुन्छन् भने पुरुषलाई यतिबेला कम रुचि राख्ने वा सुत्ने गर्दछन् । यस्तै समस्या महिलालाई बिहान हुन्छ । बिहानको समयमा पुरुष धेरै रोमान्टिक हुन्छन् भने महिला ठिक उल्टो ।’

‘अनुसन्धानमा पत्ता लागे अनुसार बिहान ५ देखि ७ बजेसम्म पुरुषको टेस्टेस्टेरोन हर्मोनको मात्रा बढी हुन्छ जसको कारण पुरुषको मन त्यतिबेला बढी रोमान्टिक हुन्छ र उनीहरु सेक्सको लागि लालायित हुन्छन् । बिहानको समय पुरुषको हर्मोन अरु समयमा भन्दा २५ देखि ५० प्रतिशतसम्म बढ्छ । महिलामा पनि टेस्टेस्टेरोन हर्मोन त बन्छ तर एस्ट्रोजन र प्रोजेस्टेरोनका कारण सन्तुलित रहन्छ । महिलामा यसको मात्रा राति बढ्छ जसका कारण उनीहरु रातको समयमा सेक्सका लागि बढी लालायित हुन्छन् ।’

‘अनुसन्धानमा पुरुष जति गहिरो निन्द्रा सुत्छन्, त्यति टेस्टेस्टेरोनको मात्रा बढी हुने तथ्य खुलेको छ । अमेरिकन मेडिकल एसोसिएसनले गरेको उक्त अध्ययनका अनुसार ५ घन्टाभन्दा बढी सुत्नाले पुरुषमा टेस्टेस्टेरोनको मात्रा १५ प्रतिशतसम्म बढ्न सक्छ । अनुसन्धानका अनुसार सुतेर उठ्दा पुरुषमा यौनको चाहना धेरै हुन्छ जबकि यसको उल्टो महिलामा एकदमै कम । साँझ ६ बजेपछि पुरुषमा टेस्टेस्टेरोनको मात्र घट्न थाल्छ । जबकि महिलामा सेक्स हर्मोनहरु बढ्न थाल्छ । साँझ ढल्कन थालेपछि महिलाहरुमा ३० प्रतिशतभन्दा बढी सेक्सको चाहना बढ्छ ।’ एजेन्सी