चितवनको राप्ती नगरपालिकाका युवक पनि कोरोना भाइरस मुक्त

चितवनको राप्ती नगरपालिकाका  युवक पनि कोरोना भाइरस मुक्त

कोरोना संक्रमित चितवनको राप्ती नगरपालिका ८ का २७ वर्यीय युवक कोरोना भाइरस मुक्त भएका छन्। कोरोना परीक्षणको दोस्रो परिक्षण्मा पनि कोरोना नदेखिए पछि । उनलाई अस्पतालको आईसोलेसन क्याबिनबाट डिस्चार्ज गरिएको छ तर उनि ६३ वर्षीया आमालाई पनि निको भए पछि घर जाने भएका छन् ।भरतपुर अस्पताललका सूचना अधिकारी लिलाधर पौडेलल का अनुसार डिस्चार्ज भएपनि उनि अस्पतालमै रहने छन् । गत चैत ५ गते बेलायतबाट नेपाल फर्किएका आमा(छोरार्को यापिड टेस्टका क्रममा कोराना पोजेटिभ देखिएको थियो । भरतपुर र काठमाडौंको टेकुमा गरिएको पीसीआर परीक्षणमा समेत पोजेटिभ आएपछि उनीहरूलाई भरतपुर अस्पतालमा उपचारका लागि राखिएको थियो ।