हवाई उडान जेठ २ गतेसम्म बन्द गर्ने निर्णय

हवाई उडान जेठ २ गतेसम्म बन्द गर्ने निर्णय

आन्तरिक एवम् वाह्य हवाई उडानमा गरिएको बन्द जेठ २ गतेसम्म कायम रहने भएको छ ।

शनिबार बसेको कोरोना भाइरस रोकथामसम्बन्धि उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गरेको छ ।

यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई उडानमा रोक लगाइएको थियो ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीका अनुसार आज बसेको समितिको बैठकले जेठ २ (मे १५) सम्मका लागि सबैखाले उडानलाई बन्द गर्ने निर्णय गरेको हो ।