कोरोनाका कारण विश्वभर १ लाख ९३ हजार बढीको मृत्यु, अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या ५२ हजार नाघ्यो

कोरोनाका कारण विश्वभर १ लाख ९३ हजार बढीको मृत्यु, अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या ५२ हजार नाघ्यो

विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुने र सक्रमितको संख्या हजारौंले बढिरहेको छ ।

पछिल्लो तथ्यांक अनुसार १ लाख ९६ हजार ९ सय ७२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

संक्रमितको संख्या भने २८ लाख २६ हजार ६ सय ७३ पुगेको छ । संक्रमितमध्ये ७ लाख ८१ हजार २ सय ५३ जना उपचारपछि निको भएका छन् ।

कोरोनाका कारण सबैभन्दा बढी आक्रान्त बनेको अमेरिकामा ९ लाख २३ हजार ६ सय १२ जना संक्रमित हुँदा ५२ हजार ९२ जनाको मृत्यु भएको छ ।

स्पेनमा २ लाख १९ हजार ७ सय ६४ जना संक्रमित हुँदा २२ हजार ५ सय २४ जनाको मृत्यु भएको छ ।

त्यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ९२ हजार ९ सय ९४ पुग्दा मृतकका संख्या २५ हजार ९ सय ६९ पुगेको छ ।

फ्रान्समा १ लाख ५९ हजार ८ सय २८ जना संक्रमित छन् भने २२ हजार २ सय ४५ जनाकोे मृत्यु भएको छ ।

उता जर्मनीमा १ लाख ५४ हजार ९ सय ९९ जना संक्रमित भएका छन् । मृतकको संख्या ५ हजार ७ सय ६० पुगेको छ ।

बेलायतमा १ लाख ४३ हजार ४ सय ६४ जना संक्रमित हुदा १९ हजार ५ सय ६ जनाको मृत्यु भएको छ ।

भारतमा २४ हजार ४ सय ४७ जना संक्रमित हुंदा ७ सय ८० जनाको मृत्यु भएको छ ।

त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या ११ हजार ९ सय ४० पुग्दा २ सय ५३ जनाको मृत्यु भएको छ ।