बाग्लुङकी १९ वर्षीया युवती कोरोनामुक्त, निको हुनेको संख्या ११ पुग्यो

बाग्लुङकी १९ वर्षीया युवती कोरोनामुक्त, निको हुनेको संख्या ११ पुग्यो

बेल्जियमबाट आएकी बाग्लुङकी १९ वर्षीय युवती कोरोनाबाट निको भएकी छन्। धौलागिरी अञ्चल अस्पतालमा उपचारत उनलाई शुक्रबार डिस्चार्ज गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले जानकारी दिए। योसँगै कोरोनाबाट निको हुनेको संख्या ११ पुगेको छ।

गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी उनमा चैत १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। पछि उनीसँगै बेल्जियमबाट आएकी नाताले हजुरआमा पर्ने ६५ वर्षीया महिलामा पनि संक्रमण देखिएको थियो। महिला भने यसअघि नै निको भएर घरमा छिन्।