बेलायतमा कोरोना भाइरसले एकै दिन ६३८ जनाको मृत्यु

बेलायतमा कोरोना भाइरसले एकै दिन ६३८ जनाको मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ६३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार ७३८ पुगेको छ ।

एकै दिन ४ हजार ५८३ जना संक्रमित भएसँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३८ हजार ७८ पुगको छ ।

बेलायतमा १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये १ लाख १८ हजार ९९६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ । आजको तथ्यांक हेर्दा बेलायतमा संक्रमण दर केही घट्दो दरमा देखिएको छ ।