समाजवादी र राजपाबीच एकताको सहमति पत्र निर्वाचन आयोगमा दर्ता

समाजवादी र राजपाबीच एकताको सहमति पत्र निर्वाचन आयोगमा दर्ता

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच भएको एकताको सहमति पत्र निर्वाचन आयोगमा दर्ता गरिएको छ ।

दर्ता न.१३८८/०७७-०१-११ मा उक्त सहमति पत्र दर्ता गरिएको आयोगले जनाएको छ ।

मध्यरातमा पार्टी एकता गर्ने सहमति भएपछि ‘जनता समाजवादी पार्टी नेपाल’का नेताहरु दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन् ।

नवगठित पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि राजेन्द्र श्रेष्ठ, कृष्ण शर्मा, मिथिलेस कुमार, फणिन्द्र देवकोटालगायत नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

बुधबार राति यी दुई दलले पार्टी एकता गरेर जनता समाजवादी पार्टी बनाउने सहमति गरेका थिए ।

बुधबार राति भएकाे सहमति पत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारी र समाजवादी पार्टीबाट डा बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

एकीकृत पार्टीकाे झण्डा हाल कायम समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा रहने सहमति भएकाे छ । चुनाव चिन्ह भने हाल कायम राजपा छाता रहने सहमति भएकाे छ ।