ह्याकरले २६ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ताको डाटा विक्री गरेको खुलासा

ह्याकरले २६ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ताको डाटा विक्री गरेको खुलासा

ह्याकरले २६ करोड ७० लाख प्रयोगकर्ताको डाटा विक्री गरेको खुलासा भएको छ ।

यसअघि जुमका ५ लाखभन्दा बढी एकाउन्टहरुको विवरण विक्री भएको खुलासा गरेको साइबर रिस्क असाइनमेन्ट प्लेटफर्म साइबल इंकले ब्लग पोस्टमार्फत मार्फत पुनः यस्तो खुलासा गरेको हो ।

रिपोर्टका अनुसार २६७ मिलियन अर्थात २६ करोड ७० लाख फेसबुक प्रयोगकर्ताहरूको डाटा ५०० यूरोमा विक्री गरेको छ ।

यी विवरणहरूमा प्रयोगकर्ताहरूको ईमेल, नाम, फेसबुक आईडी, जन्म मिति र फोन नम्बर, उमेरलगायतका अन्य जानकारी समावेश गरिएका छन् ।