तेस्रो कोरोना संक्रमित धादिङका युवा आज डिस्चार्ज हुँदै

तेस्रो कोरोना संक्रमित धादिङका युवा आज डिस्चार्ज हुँदै

नेपालमा तेस्रो कोरोना संक्रमित धादिङका युवक आज टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज हनुहुने भएकाे छ । 
उहाँको तेस्रो र चौथो स्वब परीक्षण नेगेटिभ आए पछि उहाँलाई आजै डिस्चार्ज गर्न लागिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर राजभण्डारीले बताउनुभयो ।

 संक्रमित धादिङ घर भएका ती युवक सारजाह एयरपोर्ट हुँदै एयर अरेबियाको उडानबाट काठमाडौं आउनु भएकाे थियाे । उहाँ मार्च १९ तारिख (चैत ६) गते एयर अरेबियाको उडान नम्बर जी९५३७ बाट राति १० बजेर ९ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएकाे थियाे । उहाँकाे स्वास्थ्यमा समस्या अए पछि  स्वास्थ्य जाँच गर्ने क्रममा चैत ११ गते उनमा काेराेना संक्रमण भएकाे थाहा भएकाे थियाे । 
उहाँको डिस्चार्ज सँगै कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या ६ पुग्ने छ ।