सुखद खबर: केन्द्रीय कारागारका दुई जना नर्समा कोरोना नभयको पुस्टि , आजै डिसचार्ज को तयारी

सुखद खबर: केन्द्रीय कारागारका दुई जना  नर्समा कोरोना नभयको पुस्टि , आजै डिसचार्ज को तयारी

कोरोना भाइरसको आशंकामा मंगलबार टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई नर्सको पीसीआर परीक्षणको क्रममा रिपोर्ट नेगेटिभ आएको छ । टेकु अस्पतालका अनुसार सुन्धारास्थित केन्द्रीय कारागारमा कार्यरत दुईजना नर्सहरुको बुधबार पीसीआर रिपोर्ट नेगेटिभ आएको हो।

मंगलबार र्‍यापिड टेस्टको क्रममा एन्टिबडी पोजेटिभ आएपछि उनीहरुलाई टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । बुधबार उनीहरु दुवै जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।