बन्दाबन्दीको एक महिना, ४२ संक्रमित, चार जना भए निको, ३६ हजार बढीको परीक्षण

बन्दाबन्दीको एक महिना, ४२ संक्रमित, चार जना भए निको, ३६ हजार बढीको परीक्षण

कोरोना भाइरसका कारण सरकारले मुलुकमा बन्दाबन्दी अर्थात् लकडाउनको घोषणा गरेको एक महिना पूरा भएको छ ।

कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले गत चैत ११ गते मंगलवारदेखि देशभर लकडाउन घोषणा गरेको थियो । सरकारले बैशाख १५ गतेसम्म बन्दाबन्दी कायमै राखेको छ । त्यसपछि के गर्ने भन्ने कुनै निर्णय गरिएको छैन । 

यो बीचमा ३६ हजारभन्दा बढी व्यक्तिको परीक्षण गरिएको सरकारले जनाएको छ । ती मध्ये ८ हजार ७ सय ६४ जनाको पिसिआर परीक्षण गरिएको हो भने २७ हजार ९ सय ५६ जनामा आरडिटी परीक्षण गरिएको हो ।

परीक्षण गरिएका मध्ये देशभर ४२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हिजोसम्म ३६ हजार ७ सय १९ जनाको परीक्षण गरिएको छ । जसमध्ये हाल देशभर ७ हजार ६७ जना क्वारेन्टाइनमा रहेका छन् भने १ सय ७ जना आइसोलेसन कक्षमा रहेका छन् । संक्रमित चार जना उपचापछि निको भएर घर फर्किएका छन् ।