बितेको २४ घण्टामा बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दोब्बरले वृद्धि

बितेको २४ घण्टामा बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दोब्बरले वृद्धि

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या सोमबारको तुलनामा मंगलबार ह्वात्तै बढेको छ ।


‘डिपार्टमेन्टअफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारीअनुसार २४ घन्टाभित्र बेलायतको अस्पतालमा कोरोनाबाट थप ८ सय ७३ जनाले ज्यान गुमाएका छन् ।


जसमा नर्दर्न आएरल्याण्डको मृतकको संख्या भने सामेल गरिएको छैन । गएको २४ घन्टामा इंग्ल्याण्डमा ७७८ जना स्कटल्याण्डमा ७० जना र वेल्समा २५जनाको मृत्यु भएको बताइएको छ । सोमबार सार्वजनिक तथ्यांक अनुसार गएको दुई सातामध्यकै सबैभन्दा कम ४४९ जनाको मृत्यु भएको उल्लेख गरिएको थियो ।


मंगलबार सार्वजनिक तथ्यांक हिजोको तुलनामा झन्डै दोब्बर पुगेको छ । योसँगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने कुल संख्या १७ हजार ४ सय ८ पुगेको छ ।