जर्मनीको शिर्ष डिभिजनको लिग फुटबल सुचारु गर्ने तयारी

जर्मनीको शिर्ष डिभिजनको लिग फुटबल सुचारु गर्ने तयारी

कोरोना भाइरसको कारण स्थगित जर्मनीको शिर्ष डिभिजनको लिग फुटबल आगामी ‘मे’ महिनाबाट सुचारु गर्ने तयारी गरिएको छ ।

जर्मन फुटबल लिगले स्थगित बुन्डेस लिगा आगामी ‘मे’ ९ बाट पुनः सुचारु गर्ने तयारी गरेको हो ।

जर्मन फुटबल लिगले प्रस्ताव गरेको मितिमा स्थानीय सरकारहरुले समर्थन जनाइरहेका छन् ।

जर्मनीको दुई राज्यले पनि उक्त मितिमा सहमति जनाएको जर्मन फुटबल लिगले दावी गरेको छ ।

लिगका बाँकी खेलहरु बन्द रंगशालामा खेलाइने सम्भावना छ ।

जर्मनीमा कोरोना भाइरस महामारीको कारण पाँच हजार बढीको मृत्यु भएको छ भने झण्डै डेल लाख संक्रमित छन् ।