र्‍यापिड टेस्ट भारतमा स्थगित, विवादबीच नेपालमा चल्दै

र्‍यापिड टेस्ट भारतमा स्थगित, विवादबीच नेपालमा चल्दै

कोरोना भाइरसको संक्रमण जाँच गर्न प्रयोग गरिको द्रूत परीक्षण भनिने र्‍यापिड टेस्ट (आरडीटी) भारतमा स्थगित भएको छ ।

गलत रिपोर्ट धेरै आएको गुनासो बढेपछि र्‍यापिड टेष्ट किट्सबाट गरिने परीक्षण दुई दिनका लागि स्थगित गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले राज्यहरुलाई त्यस्तो बिधिबाट परीक्षण रोक्न मंगलबार निर्देशन दिएको थियो ।

यता नेपालमा भने र्‍यापिड टेष्ट धमाधम भइरहेको छ । कतिपयले यो परीक्षणको औचित्य नभएको भन्दै विरोध गर्दै आएका छन् । तर सरकारले यो आरोपको बचाउ गर्दै आएको छ । मंगबारसम्ममात्रै नेपालमा झण्डै २८ हजार जनाको र्‍यापिड टेस्ट सकिएको छ ।