कोरोना विरुद्दको खोप मानिसमा परीक्षण गर्ने

कोरोना विरुद्दको खोप मानिसमा परीक्षण गर्ने

बेलायत सरकारले कारोना भाइरस विरुद्दको भ्याक्सिन (खोप) मानिसमा परीक्षण गर्ने तयारी गरेको छ । त्यहाँका स्वास्थ्य सचिव म्याट ह्यान्ककले मंगलबार सो कुराको जानकारी दिएका हुन् । उनले कोभिड–१९ विरुद्दको भ्याक्सिन बनाउन सरकारले सम्पूर्ण प्रयास जारी राखेको बताए ।

मिडियाकर्मीहरुसँगको ब्रिफिङमा स्वास्थ्य सचिवले भने, ‘बेलायतले भ्याक्सिनको पत्ता लगाउने खोजमा बेलायतले अरु देशले भन्दा बढी पैसा लागी गरिरहेको छ ।’ उनले खोप परीक्षणको काम अघि बढिरहेको बताउँदै त्यसको प्रगति पनि तिव्र गतिमा भैरहेको बताए ।

उनले भने, ‘अक्सफोर्ड र इम्पिरियल कलेज लन्डनमा यसको काम भैरहेको छ र तिव्र प्रगति पनि भैरहेको छ । यो खोपको परीक्षण मानिसहरुमा बिहिबारबाट सुरु हुनेछ ।’ -बीबीसी