घर लुटेपछि चोरले लिपिस्टिकले लेखे, ‘भाउजु निकै राम्री हुनुहुन्छ’

घर लुटेपछि चोरले लिपिस्टिकले लेखे, ‘भाउजु निकै राम्री हुनुहुन्छ’

छठमा आफ्नो घरमा ताल्चा लगाएर गाउँ जानु एक व्यापारीका लागि निकै महँगो साबित भयो । सुरुमा चोरले ६० लाख नगद चोरे र जाँदा जाँदै व्यापारी र उनकी श्रीमतीबारे ऐनामा आफ्ना भावना पनि लेखे ।

घटना भारतको पटनाको पत्रकार नगरको हो । पुलिसका अनुसार यहाँका एक व्यापारीको घरमा चोरले ६० लाख नगद, गहनाबाहेक घरका हरेक महँगा सामान चोरे । चोरले घर भित्रको मञ्जनसमेत पनि नछोडेको बताइएको छ ।

चोरले लिपस्टिकले ड्रेसिङ टेबलको सीसामा ‘भाउजु निकै राम्री हुनुहुन्छ’ लेखे भने दाइ अर्थात् व्यापारीका लागि भने उनीहरुले अपशब्दको प्रयोग गरे । चोरले थप लेखे, ‘भाउजु धन्यवाद, भगवानको कृपाले तपाईं धेरै उन्नती गर्नुहोस् ।’

चोरहरुले दराजदेखि खाट वरिपरिका सबै कुरा अस्तव्यस्त पारिदिएको बताइएको घटनास्थलका फोटो हेरेर भन्न सकिन्छ । पीडितले पत्रकार नगर थानामा चोरीको मामला दर्ता गरेका छन् ।