उदयपुरमा थप ८ जनाको रिपोर्ट शंकास्पद, ‘क्रस चेक’का लागि धरान पठाइयो

उदयपुरमा थप ८ जनाको रिपोर्ट शंकास्पद, ‘क्रस चेक’का लागि धरान पठाइयो

उदयपुरमा थप ८ जनामा कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ ।

त्रियुगा नगरपालिका भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोना संक्रमणको आशंका गरिएको हो ।

विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ती ८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

पोजेटिभ देखिएका नमूनालाई थप परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

गत शुक्रबार भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

पछि फेरि बाँकी चारजना मध्ये एकजनालाई पनि संक्रमण पुष्टि भएको थियो ।

संक्रमण देखा परेको भोलिपल्टै सो क्षेत्रका ६९ जनाको स्वाब परीक्षण गर्न कोशी अस्पताल विराटनगर पठाइएको थियो । उनीहरु मध्ये ८ जनामा फेरि कोरोना पोजेटिभ देखिएको हो ।

यसअघि कोरोना संक्रमण पुष्टि भएका १३ जना विराटनगरको कोरोना अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

नेपालमा हालसम्म ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये ४ जना निको भइसकेका छन्